१५ श्रावण २०८३, शुक्रबार
,
Latest
स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने



अ+ अ-

काठमाडौँ। बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् ।

उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, “चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको अन्त्यमा हुनेछ। म निकट भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने पहलका लागि कुनै न कुनै प्रकारको सुरक्षा सम्मेलन हुने अनुमान गर्दछु।”

द टाइम्सले ती अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “बेलायतले दक्षिणी पोट्र्समाउथ वा लन्डनमा शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ताकि विवरण तयार गर्न र गठबन्धन निर्माण गर्न सकियोस्।”

सम्मेलनले जलमार्गको ‘अवस्था सही हुनेबित्तिकै पुनः खोल्न सकिन्छ’ भन्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ। (रासस/एएफपी)




भर्खरै