६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंकबीच विशेष छुट सम्झौता



अ+ अ-

काठमाडौँ । काठमाडौंस्थित चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् ।  यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

ॐ अस्पतालमा आयोजित एक संक्षिप्त हस्ताक्षर समारोहमा ॐ अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा। हरिश जोशी तथा प्रमुख वित्त अधिकृत धुर्व सुवेदी तथा एनआइसी एशिया बैंकका डिजिटल हेड तथा डेपुटी म्यानेजर विमल लम्साल, सह प्रवन्धक निर्भिक सापकोटा र सह प्रवन्धक पंकज भट्टराई सहभागी हुनुहुन्थ्यो ।

ॐ अस्पतालले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार देशका अधिकांश बैंकहरुसँग स्टाफ तथा ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा दिँदै आएको छ ।