३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंकबीच विशेष छुट सम्झौता



अ+ अ-

काठमाडौँ । काठमाडौंस्थित चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् ।  यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

ॐ अस्पतालमा आयोजित एक संक्षिप्त हस्ताक्षर समारोहमा ॐ अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत, मेडिकल डाइरेक्टर डा। हरिश जोशी तथा प्रमुख वित्त अधिकृत धुर्व सुवेदी तथा एनआइसी एशिया बैंकका डिजिटल हेड तथा डेपुटी म्यानेजर विमल लम्साल, सह प्रवन्धक निर्भिक सापकोटा र सह प्रवन्धक पंकज भट्टराई सहभागी हुनुहुन्थ्यो ।

ॐ अस्पतालले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार देशका अधिकांश बैंकहरुसँग स्टाफ तथा ग्राहकहरुकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा दिँदै आएको छ ।