• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ ।

‘एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत सोे पुरस्कार प्रदान गरेको हो । एशोसिएशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो पुरस्कार ग्रहण गर्नुभयो ।

एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पु¥याएको सेवालाई समेटेरे भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट अवार्ड जित्न सफल भएको निगमका सहप्रवक्ता सुुलेख मिश्रले जानकारी दिनुभयो ।

चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षा, यात्रु र उड्यन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो पुरस्कार प्रदान गरिएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिनुभयो ।

वायुसेवा कम्पनीका कर्मचारीले यात्रुलाई गर्ने व्यवहार, चालक दलले गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्य लगायत मापदण्डका आधार सो पुरस्कार छनौट गर्ने गरिन्छ । यसअघि थाइएयर र फिन एयरले सो पुरस्कार प्राप्त गरेका थिए ।