१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा
फाइल फोटो
अ अ+ अ-

महोत्तरी। महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ ।

सदरमुकाम जलेश्वरमा आज आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

एलायन्स एसिया नेपालको आयोजना एवं हेल्प लजिस्टिक र वल्र्डभिजन इन्टरनेसनलको सहकार्यमा भएको उक्त कार्यक्रममा जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जनाकारी दिइएको हो ।

यस्तै, बलवा, भङ्गहा, औरही र रामगोपालपुर गरी चार नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने बर्दिबास र गौशाला नगरपालिका बाढीको कम जोखिममा रहेका छन् ।

कार्यक्रममा एलायन्स एशिया नेपालका अध्ययन प्रमुख रोहितकुमार यादवले बाढीको बेला पीडितसमक्ष तुरुन्त राहत सामग्रीको आपूर्ति, भण्डारण, व्यवस्थापन र ढुवानीका आवश्यक विकल्पबारे सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा अन्य प्राकृतिक प्रकोपका बेला पनि महोत्तरीमा तुरुन्तै राहत सामग्री पु¥याउन तथा उद्धार कार्यका लागि के कस्ता नीति, नियम र उपाय अपनाउन सकिन्छ भन्नेबारे परामर्श माग गरिएको थियो ।

जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति दीपककुमार मिश्र, वल्र्डभिजन इन्टरनेशनलका प्रमील अधिकारी, सेभ द चिल्ड्रेनका दीपक गुरुङ, रतौली युवा क्लबका राजेशकुमार पाण्डेय, नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष कमलेश मण्डललगायतले आफ्ना धारणा राख्नुभएको थियो । रासस