१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा जाने कुरा प्रतिगमन होइनः महासचिव पोखरेल



file
अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा जानु प्रतिगमन नभएको बताएका छन् । 

प्रज्ञा भवन कमलादीमा नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले भने ‘हामी फेरि जनतामा जान चाहन्छौं भन्ने कुरा एमालेले गरेको हो । त्यसलाई प्रतिगमनको लेपन लगाइयो । जनतामा जाने कुरा प्रतिगमन होइन ।’  

यस्तै, उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए ।

पोखरेलले भने, ‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’।