५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड



अ+ अ-

काठमाडाैँ । नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बिच सहकार्य शुरु भएको छ ।

राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष पाण्डेकाअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा छलफल र अध्ययन भएको थियो । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ ।

मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा गुणस्तरीय र महँगो मानिन्छन् । नेपालको निर्यातको आकार सानो भएपनि ‘निस मार्केट’का लागि यो उपयुक्त हुने र यसले राज्यको ढुकुटीमा राम्रो योगदान दिने पाण्डेले बताए ।

हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो । देशमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति संकेत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गरे ।

उनले भने, “हामीले ऊलमार्कसँग कसरी काम गर्ने भनेर लामो समय छलफल ग¥यौँ । हाम्रो सदस्य कम्पनी ‘ट्रिकोट’ ले त यसमा काम शुरु नै गरिसकेको छ । यो नेपालका लागि ठूलो अवसर हो । स्तरोन्नतिपछि आउने व्यापारिक चुनौती र ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने बाध्यात्मक अवस्थामा ऊलमार्कले हामीलाई ठूलो सहयोग पु¥याउन सक्छ । युवा र ऊर्जावान प्रधानमन्त्री आउँदै हुनुहुन्छ । यो सरकारले निर्यात र निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।”

अहिले फ्याब्रिक (कपडा) आयात गरेर काम शुरु गरे पनि भविष्यमा नेपालमै बाख्रा पालन गरी प्राकृतिक रेशा उत्पादन गर्न सकिने सम्भावना रहेको बताए । भविष्यमा ऊलमार्कसँग मिलेर नेपालमै बाख्रा पालन र कच्चा पदार्थ उत्पादनमा पनि साझेदारी गर्न सकिने उल्लेख गरे ।