३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्री कपमा लुम्बिनी र सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कपमा लुम्बिनी र सुदूरपश्चिमको सहज जित
अ+ अ-

काठमाडौँ। बलिङमा उत्कृष्ट प्रदर्शनको प्रेरणामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।

जनकपुरमा सोमवार भएको खेलमा लुम्बिनीले कोशी प्रदेशमाथि एक सय ४८ रन र सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि चार विकेटको जित निकाल्दा बलिङमा उत्कृष्ट प्रदर्शनको साथ रह्यो ।

सुदूरपश्चिमको पहिलो खेल हो भने लुम्बिनी, कर्णाली र कोशीले दोस्रो खेल खेलेका हुन् । लुम्बिनी र कर्णाली तथा कोशी र मधेस प्रदेशबीचको पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो । आफ्नो दोस्रो खेलमा बलिङमा उत्कृष्ट साथ पाएपछि लुम्बिनीले जित निकाल्दा कर्णाली र कोशी असफल भए ।

लुम्बिनीको जितममा सन्तोष यादवले अलराउन्ड प्रदर्शन गरे । सुदूरपश्चिमको जितमा पनि तीव्र गतिका बलर हेमन्त धामीको प्रदर्शन महत्वपूर्ण सावित भयो ।

हेमन्तको ६ विकेट प्रेरणामा सुदूरपश्चिमले पहिलो खेलमा नै यादगार जित निकाल्यो । वीरगञ्जमा भएको खेलमा कर्णालीले १२० रनको झिनो लक्ष्य दिएको थियो । जवाफमा सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमका किरण ठगुन्ना २६ र खडक बोहोरा २३ रनमा आउट भए । मिलन बोहोरा १८ तथा कप्तान शेर मल्ल १० रनमा अविजित रहे ।

कर्णालीले शुरुमा नै दुई विकेट लिँदा चुनौती दिने प्रयास गरे पनि सफल भएन । कर्णालीको बलिङमा अनुज चनरा र कप्तान दिवान पुनले समान दुई तथा दीपेन्द्र रावत र प्रकाश जैसीले समान एक विकेट आफ्नो नाममा राखे । त्यसअघि टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले कर्णालीलाई ३२ ओभरमा एक सय १९ रनमा अलआउट गर्यो ।

कर्णाली ८६÷३ को अवस्थामा थियो । थप ३३ रन जोड्दा सात विकेट गुमाएपछि कर्णाली सस्तैमा अलआउट भयो । हेमन्तले पछिल्लो सातमध्ये पाँच विकेट लिएका हुन् । कर्णालीका विपिन रावल ३३ र सुनिल धमला २८ तथा अरविन्द घर्ती १३ रनमा आउट भए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीका आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको बलिङमा हेमन्तले सात ओभरमा एक मेडन राख्दै १६ रन मात्र दिए । कप्तान शेर मल्ल, अशोक धामी, नारायण जोशी र मिलन बोहोराले समान एक विकेट लिए । एक खेलबाट सुदूरपश्चिमको २ अंक र दुई खेलबाट कर्णालीको एक अंक  छ । जनकपुरमा भएको खेलमा सन्तोष यादवको अलराउण्ड प्रदर्शनमा लुम्बिनीले पनि सहज जित निकाल्यो ।

जनकपुरमा कप्तान देव खनालको उत्कृष्ट ब्याटिङमा लुम्बिनीले दुई सय ५० रनको लक्ष्य दिएको थियो । तर, जबाफी लक्ष्य पछ्याएको कोशी ३१.४ ओभरमा एक सय १ रनमा नै अलआउट भयो ।

कोशीका अंकित सुवेदी ३० रन, कप्तान सुजन थपलियाले ११ रन र तल्लो क्रमका ब्याटर दीपेश कँडेलले १५ रन बनाए । यो नै कोशीका लागि व्यक्तिगत दोहोरो अंकको रन रह्यो । कोशीलाई सस्तैमा समेट्न सन्तोष यादवले चार तथा राजेन्द्र बमले तीन र निर्मल गुरुङले दुई विकेट लिए । सन्तोषले अलराण्ड प्रदर्शन गरे र म्यान अफ दी म्याच पनि भए । उनले ब्याटिङमा ४८ रन र बलिङमा सात ओभरमा ११ रन खर्चिएर चार विकेट लिएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९.३ ओभरमा दुई सय ४९ रनमा अलआउट भएको थियो । कप्तान देवले सर्वाधिक ९२ रन जोडे । १०० बल खेल्दै उनले आठ चौका र एक छक्का प्रहार गरे । सन्तोषले ६२ बलमा तीन चौका प्रहार गरे ।

ओपनर रन्जित खड्का ३५ रनमा आउट हुँदा तल्लो क्रमका ब्याटर राजेन्द्र बम १६ रनमा अविजित रहे । कोशीको बलिङमा कप्तान सुजन थपलियाले ४ तथा दीपेश कँडेलले दुई विकेट लिँदा विपिन महतो र प्रेम कामतले समान एक विकेट नाममा राखे । दुई खेलबाट लुम्बिनीले तीन अंक जोड्दा कोशीको दुई खेलबाट १ अंक छ । –न्युज एजेन्सी नेपाल