काठमाडौं । केहि समय पहिले ओरालो लाग्दै आएको सुनको मुल्य नेपाली बजारमा बुधबार बढेको छ। बुधबार तोलामा १ सयले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार तोलमा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा १ सयले वृद्धि भएर ७१ हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। मंगलबार तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।