४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

कांग्रेस बैठक सकियो , सभापति थापाको राजीनामा अस्वीकृत, कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

कांग्रेस बैठक सकियो , सभापति थापाको राजीनामा अस्वीकृत, कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग
अ+ अ-

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापा ले प्रतिनिधिसभा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामालाई अस्वीकृत गर्ने निर्णय गरेको छ।

चैत ६ देखि ८ गतेसम्म उपसभापति विश्वप्रकाश शर्मा को अध्यक्षतामा सम्पन्न भएको बैठकले सभापति थापाले दिनु भएको राजीनामालाई अस्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकमा ८८ जना सदस्य तथा पदाधिकारीले धारणा राखेका थिए बैठकले पार्टीभित्र स्थिरता कायम राख्न र वर्तमान परिस्थितिमा थापाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले निर्वाचन पराजयका कारणहरू व्यक्तिगत नभई संरचनागत र परिस्थितिजन्य रहेको ठहर गरेको छ। साथै, राजीनामा स्वीकृत गर्दा पार्टीमा अस्थिरता र कार्यकर्तामा मनोबल गिरावट आउने सम्भावना रहेको उल्लेख गरिएको छ। सामूहिक जिम्मेवारीको सिद्धान्त र नेतृत्व निरन्तरताको आवश्यकतालाई पनि प्राथमिकता दिइएको छ।

बैठकले उपसभापति शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन परिणामको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको छ। समीक्षा अनुसार गुटबन्दी र आन्तरिक असहयोग, गठबन्धन सरकारप्रति जनअसन्तोष, राजनीतिक अस्थिरताको दीर्घ इतिहास जेन–जेड युवाको असन्तुष्टि, डिजिटल प्रभाव र नयाँ शक्तिको उदय निर्वाचनमा पराजयका प्रमुख कारणका रुपमा औंल्याइएको छ।

कांग्रेसले अब आफ्नो सम्पूर्ण ध्यान १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ। उक्त महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठन पुनर्संरचना तथा भावी रणनीति तय गरिनेपनि जनाएको छ ।

बैठकले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिँदै पार्टी पुनर्निर्माण र सुदृढीकरणमा लाग्न सबै कार्यकर्तालाई आह्वान गरेको छ। एकता, अनुशासन र उच्च मनोबल कायम राख्न जोड दिइएको छ।

बैठकले निर्वाचनमा सहभागी उम्मेदवार, कार्यकर्ता, स्वयंसेवक तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्दै विजयी उम्मेदवारहरूलाई बधाई ज्ञापन गरेको छ ।

बैठकले मध्यपूर्वमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै विश्वशान्तिको आवश्यकता औंल्याएको छ। युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। साथै, ईरानमा नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई सकुशल स्वदेश फर्काउन माग गरिएको छ।

त्यस्तै, जेन–जेड प्रदर्शन सम्बन्धी घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ।