३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अब भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल

अब भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल
अ+ अ-

काठमाडाैँ । भक्तपुरको दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले आफ्नो उपचार सेवा विस्तार गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

आइतबार आयोजित एक समारोहकाबिच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले उक्त अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले हृदयघात र मस्तिष्कघातजस्ता जटिल रोगका बिरामीलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यका साथ दुवाकोटमा शाखा विस्तार गरिएको बताए ।

डा. शर्माका अनुसार यो सामान्य अस्पताल नभई ‘सुपर स्पेसियालिटी’ सेवा प्रदान गर्ने अस्पताल हो। काठमाडौँ उपत्यकाभित्र सीमित केही अस्पतालमा मात्र सम्भव हुने उपचार सेवा अब दुवाकोटमै उपलब्ध हुने उनले उल्लेख गरे। आकस्मिक अवस्थामा बिरामीलाई टाढा अस्पताल पुर्‍याउँदा लाग्ने समय बचाउन र छिटो उपचार सुनिश्चित गर्न यस्तो सेवा सुरु गरिएको उनको भनाइ थियो।

उनले हृदयघात भएको अवस्थामा एम्बुलेन्स बोलाउने, ट्राफिक जामका कारण अस्पताल पुग्न ढिलाइ हुने जस्ता समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा ल्याइएको स्पष्ट पारे। दुवाकोटमै केही मिनेटभित्र मुटुको उपचार सेवा उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको उनले दाबी गरे।

त्यस्तै, मस्तिष्कघातका बिरामीका लागि टाउको नचिरीकन हात वा खुट्टाको नशामार्फत तार र बेलुन प्रयोग गरी उपचार गर्ने प्रविधि पनि अस्पतालमा उपलब्ध रहेको जानकारी दिइयो। यस्तो प्रविधि नेपालमा विगतमा सहज रूपमा उपलब्ध नभए पनि अहिले सम्भव बनाइएको डा. शर्माले बताए।

अस्पतालमा मुटु, मिर्गौला र मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारका लागि अत्याधुनिक उपकरण जडान गरिएको जनाइएको छ। साथै अति विपन्न वर्गका बिरामीका लागि निःशुल्क औषधि उपचारको व्यवस्था समेत गरिएको अस्पताल प्रशासनले जनाएको छ।