१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्गीय धरातलमा फर्कन माओवादी नेतृत्वलाई नेता कार्यकर्ताको सुझाव



अ+ अ-

काठमाडौं । माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् । क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का खाएको भन्दै नेता तथा कार्यकर्ताले नयाँ विचारधारासहितको रुपान्तरित माओवादी चाहेको बताएका छन् । वर्तमान वदलिँदो परिस्थिति सुहाउँदो कार्यनीति र कार्यदिशाको अभावमा पार्टी बेलाबेलामा चुक्ने गरेको विगतको स्मरण गर्दै प्रतिनिधिले नयाँ विचारका साथ मुलुकको नेतृत्व गर्ने गरी माओवादी पार्टीको नवीकरण आवश्यक भएको औँल्याए ।

महाधिवेशन प्रतिनिधि युवराज लामाले अब माओवादीले विगतका कमजोरीलाई समीक्षा गरेर रुपान्तरित हुँदै अघि बढ्नुपर्नै र त्यो दिशातर्फ उन्मुख भएको बताउनुहुन्छ । विसं २०७० अघि एक खालको माओवादी रहेको, त्यसपछि २०७५ सम्म अर्को खालको र त्यसपछि अर्को भूमिकामा पुगेको उल्लेख गर्दै लामाले यो उतारचढाव र उथलपुथलकाबीच माओवादी यहाँ आइपुगेको बताउनुभयो ।

पार्टीभित्र गम्भीर समीक्षामार्फत नयाँ सोचको विकास हुनुपर्ने आवश्यकतासमेत प्रतिनिधिले गरेका छन् । उहाँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सम्मेलनमा बोलेका अभिव्यक्तिले समग्र नेपाललाई नेतृत्व गर्ने गरी रुपान्तरणका साथ कार्यनीति अघि बढाउने कुरामा विश्वस्त हुनुहुन्छ । चितवनबाट महाधिवेशनमा सहभागी सुमन सापकोटा देशको अर्थतन्त्र बलियो बनाउने र रोजगारी सिर्जना गर्ने तथा जीविकोपार्जनका निमित्त सहज बनाउने रुणनीति कार्यदिशा लिनुपर्ने बताउहुन्छ । “आदर्श नीति र विधि भएन, महाधिवेशनले त्यसलाई निचोडमा पु¥याएर दिशाबोध गर्नुपर्छ”, सापकोटाले भन्नुभयो । अर्का प्रतिनिधि सङ्गीता भट्टराई समाजवादी क्रान्ति पूरा गर्ने गरी स्पष्ट खाका तय गर्नुपर्ने जिम्मेवारी अहिले पार्टी सामु रहेको र त्यो पूरा हुन्छ भन्ने विश्वास बढ्दै गएको बताउनुभयो ।

महाधिवेशनमा उत्साहका साथ नेता कार्यकर्ता सहभागी थिए । छोटो समयमा तयारी गरिएको महाधिवेशन भए पनि पूर्ण तयारी देखिएको थियो । यद्यपि हल सानो हुँदा चिसो मौसममा चौरमा बसेर प्रतिनिधि तथा शुभेच्छुकले स्क्रिनमार्फत उद्घाटन शत्र हेरेका थिए । त्यही माहोलमा हुनुहुन्थ्यो बाजुराका वृद्ध प्रतिनिधि सन्तबहादुर शाही । २२ वर्षदेखि माओवादीमा सक्रिय शाही माओवादी पार्टी खराब नभए पनि त्यहाँभित्रका नेता खराब भएको गुनासो गर्नुहुन्छ । उहाँले विगतमा पार्टीले राजनीतिक अवस्थाअनुसार अघि बढेको र कतिपय अवस्थामा कमीकमजोरी पनि भएको उल्लेख गर्दै अब पार्टीले मुलुकको राजनीतिक नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो । “दुई दुई पटक प्रचण्डै नेतृत्वमा सरकार बन्यो, एक पटक बाबुराम भट्टराईको नेतृत्वमा पार्टीले सकारको नेतृत्व ग¥यो, पटकपटक सरकारका सहभागि भइरहेको छ, अब ठुलो पार्टी बनेर नेतृत्व गर्न सके मुलुकले केही परिवर्तनको सास फेर्ने छ”, उहाँले बताउनुभयो । अवसरवादी नेता पार्टीभित्र भएकाले पार्टीले सही दिशा लिन नसकेको उहाँको निष्कर्ष छ । पार्टीलाई व्यक्तिले विगारे अब सच्याउनुपर्छ, यो महाधिवेशनले त्यही कुरा अघि बढाओस् र रुपान्तरण हुँदै जाओस् भनेर सम्मेलनमा भाग लिन आएको उहाँको भनाइ थियो । “पार्टीले मुलुकको भलाइ, जनताको जीवन सुरक्षा र अधिकारको रक्षा खालको नीति ल्याउनुपर्छ, सम्मेलनले ल्याउँछ भन्ने विश्वास छ”, उहाँले थप्नुभयो । रौतहटबाट १८ प्रतिनिधिसहित सहभागि भएर महाधिवेशन हेर्न आउनुभएका शहिद परिवारका सदस्य रामकिसुन महत्तो सर्वहारा, गरिब निमुखा जनताका लागि पार्टीले केही गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

उहाँले पूँजिपति वर्ग र ठेकेदारलाई स्थान दिने तर पुराना वास्तविक माओवादीलाई पाखा लगाउने प्रवृत्तिले माओवादी कमजोर भएको दुःख पोख्नुभयो । “बन्दुक बोक्ने बेलनमा हामी योग्य, अहिले चाहिँ हामी अयोग्य, यो कसरी हुनसक्छ”, पार्टीप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो । अब युवालाई नेतृत्व दिन पनि उहाँले सुझाव दिनुभयो । आलो पालो काम गर्ने भनेर एमालेसँग एकता भए पनि पार्टीले सही निर्णय लिन नसक्दा विचलन आएको पनि उहाँको धारणा थियो । कास्कीकी प्रतिनिधि तेजकुमारीले मुलतः महाधिवेशमा विचारको विकास गर्दै नयाँ कार्यदिशा दिने विश्वास व्यक्त गर्नुभयो ।

समाजवादी यात्रामा समृद्धिको मात्रै कुरा नभई नेपाली जनताको आजको आवश्यता अनुसारको विकास जरुरी रहेको बताउनुभयो । उहाँले शान्ति प्रक्रिाय कसरी अघि बढाउने, माओवादी आन्दोलनलाई बदलिँदै परिस्थितिअनुसार कसरी लैजाने भन्ने विाषयमा छलफलको आवश्यकता रहेको औँल्याउनुभयो । जुन विचारको आधारमा पार्टी एकता गर्दाको कार्यदिशामा त्रुटी भयो, हामीले भनेको त्यही समाजवाद थियो की फरक थियो भनेर महाधिवेशनमा बहस चल्नुपर्ने र चल्ने बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरेको स्वास्थ्य, शिक्षा रोजगार, समावेशी प्रतिनिधित्वको विषयलाई ध्यान दिनुपर्छ । त्यसलाई कार्यान्वयनमा जाने गरी अघि बढ्नुपर्न । उहाँले निर्वाचन प्रणाली, कार्यकारी राष्ट्रपतिको सवाल थाती छ, सामाजिक न्यायका सवालका विषयमा एउटा नीतिको आवश्यकता औँल्याउनुभयो ।

सहभागी हुनआएका सात प्रदेश र तीन गैरभौगोलिक प्रदेशका प्रतिनिधिले वर्गीय धरातलमा फर्कन र आफ्नो वर्गको पक्षमा उभिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनीहरूले स्पष्ट विचार र कार्ययोजनाका साथ अगाडि बढे माओवादी २०६४ सालको अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् । रासस