४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

कांग्रेस सोलु संगठन विभाग सचिव तथा दलित संघ अध्यक्ष विश्वकर्माद्वारा पार्टी परित्याग

कांग्रेस सोलु संगठन विभाग सचिव तथा दलित संघ अध्यक्ष विश्वकर्माद्वारा पार्टी परित्याग
अ+ अ-

काठमाडाैँ  । नेपाली काँग्रेस सोलुखुम्बुका संगठन विभाग सचिव तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्ण बहादुर विश्वकर्माले पार्टी परित्याग गरेका छन् ।

लामो समयदेखि सक्रिय राजनीतिमा रहेका विश्वकर्माले दलित समुदायको पक्षमा पार्टीले अपेक्षित काम गर्न नसकेको निश्कर्ष निकाल्दै आफ्नो पद, जिम्मेवारी र सदस्यता सबै त्यागेको घोषणा गरेका हुन् । जिल्ला कार्य समिति सोलुखुम्बुलाई सम्बोधन गर्दै लेखिएको पत्रमार्फत उनले विशेष परिस्थिति र कारणवश पार्टीमा रहन असमर्थ भएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वकर्माले लेखेका छन्, “पार्टीले दिएको जिम्मेवारी नेपाल दलित संघको जिल्ला अध्यक्ष, संगठन विभाग सचिव र मेरो नाममा रहेको क्रियाशील तथा साधारण सदस्यता समेतबाट हटाइदिनुहुन अनुरोध गर्दछु ।” वि.सं. २०६४ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएका विश्वकर्मा वि.स २०७० सालदेखि यता निरन्तर दुई कार्यकालसम्म नेपाल दलित संघको जिल्ला अध्यक्ष रहेका थिए ।

दलित अधिकारको मुद्दालाई पार्टीभित्रै उठाउँदै आएका उनले अन्ततः त्यही मुद्दामा निराश भएर पार्टी छाड्ने निर्णयमा पुगेका हुन् । “नेपाली काँग्रेसले दलितको पक्षमा केही गर्न सकेको छैन, गर्न चाहेको पनि देखिएन र आगामी दिनमा गर्ने सम्भावना पनि देख्दिनँ,” उनले भने । यही कारण आफू दलित संघको जिल्ला अध्यक्ष पदमा बसिरहनु नैतिक रूपमा उपयुक्त नहुने ठहर गर्दै पद त्याग गरेको उनको भनाइ छ ।

पार्टीका जिल्ला सभापति तथा अन्य नेताहरूले निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि आफूले गम्भीर समिक्षापछि नै यस्तो निष्कर्ष निकालेको भन्दै विश्वकर्माले आफ्नो अडानबाट पछि नहट्ने दाबी गरेका छन् । विश्वकर्माले अब केही समय स्वतन्त्र नागरिकको रूपमा रहँदै सामाजिक र राजनीतिक खबरदारी गर्ने योजना रहेको बताएका छन् । यद्यपि, उनले लोकतान्त्रिक चरित्र र परिवर्तनमुखी एजेण्डा बोकेको नयाँ शक्तिसँग भविष्यमा आबद्ध हुने संकेत पनि गरेका छन् ।

सोलुखुम्बुमा दलित समुदायभित्र राम्रो प्रभाव बनाएका विश्वकर्माको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा तरंग उत्पन्न गरेको छ । विशेषतः नेपाली काँग्रेसभित्र दलित प्रतिनिधित्व, समावेशिता र नेतृत्व विकासबारे पुनः बहस सुरु हुने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, लामो समयदेखि पार्टीभित्रै संघर्ष गर्दै आएका नेताले यस्तो कदम चाल्नु केवल व्यक्तिगत असन्तुष्टि मात्र नभई संरचनागत समस्याको संकेत हुन सक्छ ।

दलित एजेण्डा, समान अवसर र नेतृत्वमा पहुँचजस्ता विषयहरूमा ठोस प्रगति नहुँदा यस्ता असन्तुष्टि सतहमा आउने गरेको उनीहरूको भनाइ छ ।