२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

लेस्टर विरुद्ध म्यान्चेस्टर सिटीको ६ गोल

लेस्टर विरुद्ध म्यान्चेस्टर सिटीको ६ गोल
अ अ+ अ-

म्यान्चेस्टरः इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले आफ्नै गृह मैदानमा आइतबार साँझ भएको खेलमा लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गरेको छ ।  

एतिहाद रंगशालामा झण्डै ५३ हजार दर्शकसामु भएको खेलमा शुरुदेखि नै म्यान्चेस्टरले लेस्टरमाथि दबाब बनाएको थियो । सिटीका लागि खेलको पाँचौं मिनेटमै केभिन ब्रुएनले लेस्टर विरुद्ध पहिलो गोल गरेका थिए ।

त्यसपछि पनि सिटी रोकिएन । सिटीका लागि १४औं मिनेटमा रियाद महारेजले पेनाल्टी मार्फत दोस्रो, २१औं मिनेटमा एल्के गुन्डोगानले तेस्रो र २५औं मिनेटमा रहिम स्टर्लिङले चौथो गोल गरेका थिए । अर्थात् पहिलो हाफमै सिटीले चार गोल गरेर खेललाई आफ्नो पक्षमा पारिसकेको थियो ।

सिटीका लागि दोस्रो हाफको ६५औं मिनेटमा आइमेरिक लापोर्टेले पाँचौं तथा ८७औं मिनेटमा फेरि रहिम स्टर्लिङले गोल गरेका थिए ।

लेस्टरका लागि जेम्स म्याडिसन, अडामाला लूकम्यान र केलिची इनियाचोले ५५, ५९ र ६५औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै म्यान्चेस्टर सिटीले पहिलो स्थानलाई अझ सुदृढ बनाएको छ । सिटीले १९ खेलबाट ४७ अंक बनाएको छ ।

अन्य खेलहरु

आइतबार साँझ नै भएका अन्य खेलहरुमा आर्सनलले नर्विचलाई ५-० गोल अन्तरले पराजित गरेको छ भने टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुई वटा पहेंलो कार्ड पाएर प्यालेसका फर्वार्ड विलफ्राइड जाहाले मैदान छाड्नु परेको थियो ।

यस्तै चेल्सीले एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेर लिगमा फर्कने सम्भावना जीवितै राखेको छ ।

अंक तालिका

१. म्यान्चेस्टर सिटी —– ४७ अंक—  (१९ खेल)
२. लिभरपुल   —— ४१ अंक——- (१८ खेल)
३. चेल्सी   ——– ४१ अंक——-  (१९ खेल)
४. आर्सनल ——– ३५ अंक—— (१९ खेल)
५. टोटेनह्याम —–  २९ अंक—— (१६ खेल)