३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लब विश्वकपको उपाधि लिभरपुललाई



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो । विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । उनले खेलको ९९ औं मिनेटमा गोल गरेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्व गरे ।

तर अतिरिक्त समयमा गोल निकाल्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचाल्न सफल रह्यो । लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो । क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिभरपुललाई जारी सिजनको प्रिमियर लिगमा १० अंकको अग्रता छ ।