५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लब विश्वकपको उपाधि लिभरपुललाई



अ+ अ-

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचालेको हो । विश्वकपको तयारी गरिरहेको कतारमा भएको क्लब विश्वकपमा युरोपियन क्लब च्याम्पियन लिभरपुल र दक्षिण अमेरिकी च्याम्पियन फ्लोमेन्गो फाईनल पुगेका थिए ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा ब्राजिली स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई उपाधि दिलाए । उनले खेलको ९९ औं मिनेटमा गोल गरेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाएको थियो । तर भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्व गरे ।

तर अतिरिक्त समयमा गोल निकाल्दै लिभरपुलले क्लब विश्वकपको उपाधि उचाल्न सफल रह्यो । लिभरपुल क्लब ईतिहासमा पहिलो पटक विश्वकपको च्याम्पियन बनेको हो । क्लबले गत सिजन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लिभरपुललाई जारी सिजनको प्रिमियर लिगमा १० अंकको अग्रता छ ।