१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न लामिछानेको सांसदलाई निर्देशन

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न लामिछानेको सांसदलाई निर्देशन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई पुरानो राजनीतिक संस्कार त्याग्न र गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूको मुख्य काम कानुन निर्माण गर्नु रहेको भन्दै स्वार्थ समूहको पछि नलाग्न सचेत गराउनुभएको हो । पुराना राजनीतिक दलहरूले जस्तै आफूलाई केन्द्रमा राखेर राजनीति गरे रास्वपाको हविगत पनि उनीहरूको भन्दा नराम्रो हुने चेतावनी उहाँले दिनुभयो । देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बेला आएको भन्दै उहाँले मन्त्री वा प्रधानमन्त्री बन्ने व्यक्तिगत सपनाको भारी यो समाजले नबोक्ने स्पष्ट पार्नुभयो ।

देशमा विचौलियाहरूको बिगबिगी रहेकोतर्फ सचेत गराउँदै उनले कुनै पनि विचौलियासँग साँठगाँठ गर्नु वा चिया खानुअघि आफ्नो छोरा गुमाएर संसदमा पुगेकी ‘शहीदकी आमा’लाई सम्झन सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कानून बनाउन आएका हौं । कानून बनाउने प्रमुख जिम्मेवारी तपाईंहरूको काँधमा नेपाली जनताले दिएका हुन् । कुन धाराले कहाँ अड्काएको छ, मान्छेको घरमा धारा आउन, बिजुली बल्न र इन्टरनेट चल्न के गर्नुपर्छ भन्ने तपाईंलाई थाहा हुनुपर्छ । त्यसकारण यसपटक यो शक्तिको दौडधुप, यताउता धाउने र फोटो खिचेर बस्ने पसल बन्द गर्नुहोला । गुट बनाएर काँग्रेसी, एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन । घण्टीका मुनि सबै अटाउन सक्छौं । आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, पार्टीमा मेरो हैसियत के हुन्छ भन्ने ‘म केन्द्रित’ राजनीतिबाट बाहिर उठ्न सकिएन भने हाम्रो हविगत पुराना दलका नेताभन्दा खराब हुन्छ । शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ । हामीलाई फुटाउने र गिराउनेहरूको बिगबिगी छ, त्यसैले हामी आफैँ बलियो र एकताबद्ध हुनुपर्छ ।’

जनताले पुराना दलहरूलाई ३६ वर्ष कुरे पनि रास्वपालाई ३६ महिना वा ३६ दिन पनि कुर्ने धैर्यता नभएको यथार्थलाई बुझ्न उहाँले आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल