१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ



अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख मानिसले भोकमरीको सामना गर्न सक्छन् ।

युद्धको तेस्रो हप्तासम्ममा सयौँको मृत्यु भएको छ र इरानले इजरायल र खाडी राष्ट्रहरू विरुद्ध प्रतिशोधात्मक आक्रमण गरेपछि इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडिरहेको छ।

“यदि मध्यपूर्व द्वन्द्व जुनसम्म जारी रह्यो भने, थप चार करोड ५० लाख जनसङ्ख्या महँगी वृद्धिका कारण तीव्र भोकमरीतर्फ धकेलिनेछ,“ संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

“यसले विश्वव्यापी भोकमरीको स्तरलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याउनेछ र यो एक भयानक सम्भावना हो,” उहाँले भन्नुभयो, “यसपहिले नै तीन करोड १९ लाख मानिसहरू तीव्ररूपमा खाद्य असुरक्षाको शिकार भइरहेका छन् ।”

स्काउले भन्नुभयो, “डब्ल्यूएफपीले फेब्रुअरी २८ मा युद्ध सुरु हुनु अघि नै ‘व्यापक खाद्य सङ्कट’ को सामना गरिरहेको थियो ।

चरम मौसमी घटना, द्वन्द्व र भोकमरीको घोषणा भइरहेका कारण उहाँले भन्नुभयो, “भोकमरी अहिलेजस्तो गम्भीर कहिल्यै भएको थिएन।”

उहाँले मध्यपूर्व युद्धका कारण डब्लुएफपीको कार्यलाई ‘धेरै खर्चिलो’ बनाइरहेको बताउनुभयो ।

स्काउले भन्नुभयो, “विशेष गरी बढ्दो इन्धनको मूल्य र लामो मार्गको कारण संस्थाले आपूर्ति श्रृङ्खलाको अवरोधको सामना गर्न कोशिस गरिरहेको छ तर यसको सञ्चालन लागत बढेको छ ।  (रासस/एएफपी)