२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगर प्रमुख आचार्यसँग जर्मन राजदूतको शिष्टाचार भेट



अ+ अ-

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । पोखरा महानगरपालिकामा आज भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालित परियोजनाको प्रगतिबारे जानकारी गराउँदै कतिपय नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

जर्मन सरकारको स्वामित्वमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणलाई बढवा दिँदै अन्तरराष्ट्रिय विकास समन्वयमा क्रियाशील ‘जिआइजेड’को सहयोगमा पोखरामा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

उक्त योजना अनुसार गरिबी निवारण र वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिन थप सहकार्यका लागि आफूहरू तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

साथै नगर प्रमुख आचार्यले पोखरामा पर्यटन पूर्वाधारको निर्माण, सांस्कृतिक आदानप्रदान र जर्मनका नगरहरूसँग भगिनीसम्बन्ध कायम गर्न इच्छुक रहेको उल्लेख गर्दै यसका लागि आवश्यक पहल तथा प्रयत्न गर्न राजदूत युडोलाई अनुरोध गर्नुभयो । उहाँले सम्भव भए पोखरा–जर्मनी अन्तरराष्ट्रिय उडानकोसमेत पहलका लागि आग्रह गर्नुभयो ।

जवाफमा राजदूत युडोले आफू पहिलो पटक पोखरा आएकाले यो सहर आफूलाई निकै सुन्दर लागेको उल्लेख गर्नुभयो । भूगोलका हिसाबले पहाडकोबीच हिमालको काखमा अवस्थित पोखराको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा मिलेर काम गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल र जर्मनीको कूटनैतिक सम्बन्ध लामो समयदेखि पारस्परिक हित र सहकार्यमा आधारित रहेको बताउँदै उहाँले पोखरामा ऊर्जादक्षता अभिवृद्धि, वातावरणीय सुधार, पर्यटन प्रवद्र्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्ने गरी थप सहकार्यको पहल गर्ने बताउनुभयो ।

भेटवार्तामा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना, महानगरको वैदेशिकसम्बन्ध विभाग प्रमुख सुवास ढुङ्गानालगायतको सहभागिता रहेको थियो । रासस