२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा तीनदिने एक दिवसीय क्रिकेट प्रतियोगिता हुने



अ+ अ-

मोरङ। कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाको आकर्षण वृद्धि गर्ने उद्देश्यले एक दिवसीय (५० ओभर)को क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कोशी प्रदेश क्रिकेट एसोसिएसन र नेपाल क्रिकेट फाउण्डेशनद्वारा यही चैत ५, ६ र ७ गते विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा अनिल मिन क्रिकेट ट्रफि प्रतियोगिता हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एसोसिएसनका अध्यक्ष सर्वजित राज पाण्डेले नेपाली खेलाडीले ५० ओभरको खेलमा रन बनाउन नसक्ने कमजोरीलाई सुधार गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
खेलाडीलाई व्याटिङप्रति आत्मविश्वास जगाउन प्रतियोगिताको मुख्य उद्देश्य रहेको मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मोहम्मद साद बाबुले बताउनुभयो ।

प्रतियोगिताका विजयी खेलाडीलाई ट्रफी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको फाउण्डेशनले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडीमा यहाँको मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल रहनुभएको छ । प्रतियोगिता यी दुवै खेलाडीको उपस्थिति रहने जनाइएको छ । रासस