११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी पूरा



अ+ अ-

जनकपुरधाम। जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशालामा हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ ।

जिल्ला क्रिकेट सङ्घ धनुषाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत ७ देखि हुने प्रतियोगिताको सबैजसो तयारी भएको जानकारी दिइएको हो ।

एक दिवसीय प्रतियोगितामा नेपालका सात प्रदेशका सात टोली तथा तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष गुड्डु पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन खेल र फाइनल खेल पर्साको नारायणी रङ्गशालामा हुने जनाइएको छ । यस्तै, १९ वटा खेल नारायणी रङ्गशालामा र १० खेल काठमाडौँमा हुने अध्यक्ष पाण्डेले बताउनुभयो । रासस