३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर भइरहेका प्रदर्शनबारे छलफल गर्नु महत्वपूर्ण छ: सोनाक्षी



अ+ अ-

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफू अभिनीत चलचित्र ‘दबंग ३’ को कमाइभन्दा भारतमा जारी राष्ट्रव्यापी प्रदर्शन महत्वपूर्ण भएको बताएकी छन् । भारतमा अहिले नागरिकता संशोधन कानुनको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । जसमा २३ भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अभिनेत्री सोनाक्षीले भनिन्, ‘दबंग ३ को पहिलो दिनको कमाइबारे भन्दा देशभर भइरहेका प्रदर्शनबारे छलफल गर्नु महत्वपूर्ण छ ।’ बलिउड अभिनेता सलमान खानको चलचित्र ‘दबंग ३’ ले बक्स अफिसमा दुई दिनमै करिब ४९ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ ।

पहिलो दिन २४।५ करोडको व्यापार गरेको यो चलचित्रले दोस्रो दिन पनि त्यसकै हाराहारीमा कमाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सलमानकै निर्माणमा बनेको यस चलचित्रको निर्देशन प्रभु देवाले गरेका हुन् । जसमा सलमान, अभिनेत्री सोनाक्षी सिन्हा, साई मान्जरेकरलगायतका कलाकारको मुख्य भूमिका छ ।