२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो



अ+ अ-

सुर्खेत। आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेलापरेको छ ।

एघार वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव आज बेलुकी फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजङ्ग बुढथापाले जानकारी दिए।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेँसी नगरपालिका–३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।

उनका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरू आइतबारदेखि बेपत्ता थिए । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो । रासस