५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सलाई हराउँदै लाजिओले उठायो सुपर कोपा इटालियाको उपाधि



अ+ अ-

सुपर कोपा इटालियाको उपाधि युभेन्ट्सलाई हराउँदै लाजिओले जितेको छ । आइतबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित युभेन्ट्सलाई लाजिओले ३–१ गोल अन्तरले पराजित गरी सिजनको पहिलो उपाधि जित्न सफल रहेको हो । खेल साउदी अरबको किङ साउद युनिभर्सिटीको मैदानमा भएको थियो । लाजिओलाई जित दिलाउन लुइस अल्बेर्टो, सिनाडा लुलिक र डानिलो कटाल्डीले एक एक गोल गरेका थिए ।

खेलको १६ औं मिनेटमा अल्बर्टोले गोल गर्दै लाजिओलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा डीबालाले गोल गर्दै युभेन्ट्सका लागि एक गोल फर्काएका थिए । ७३ औं मिनेटमा लुलिकले गोल गर्दै लाजिओको अग्रता २–१ को बनाए । खेलको ९० औं मिनेटमा रोड्रिगोले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा युभेन्ट्स अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै लाजिओलाई ३–१ को जित दिलाए । यस हारसँगै पुनः युभेन्ट्स लाजिओसँग पराजित भएको छ । यस सिजनको सिरी ए लिगमा समेत युभेन्ट्स लाजिओसँग पराजित भएको थियो ।