११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले नवनिर्वाचित सांसदलाई अभिमुखीकरण प्रशिक्षण दिँदै, मोबाइल फोन निषेध, व्यक्तिगत भेटघाट गर्न नपाइने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीले चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखिकरण कार्यक्रम गर्ने तय भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रत्यक्ष र समानुपातिक दुबै तर्फका सांसदहरु सहभागी हुने पार्टीले जनाएको छ । सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिएको छ।

कार्यक्रममा सहभागी हुने सांसदहरुका लागि पार्टीले ६ बुँदे निर्देशन समेत जारी गरेको छ ।

यस्ता छन् निर्देशनहरु

१. कार्यक्रम आवासीय हुनेछ। पार्टीले सबै सांसदहरूको खाना र आवास (Sharing basis) सुनिश्चित गरेको छ।

२. कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ।

३. कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ; परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा
आमन्त्रण नगर्न निर्देशन गरिएको छ।

४. वाहन पार्किड: होटलमा तपाईलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ। चालक तथा अन्य
व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईको जिम्मेवारी हुनेछ। सो व्यबस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध
छ ।

५. सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ।

६. पोशाक: व्यवसायिक क्याजुअल