२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुडुवा–२ मा आगलागी हुँदा पाँच घर जलेर नष्ट



अ+ अ-

बाँके। जिल्लाको डुडुवा गाउँपालिका–२ रामनगर पाझा गाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् ।

आज दिउँसो भएको आगलागीबाट पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएकामा  नेपालगञ्जबाट गएको बारुणयन्त्र र स्थानीयको सयुंक्त पहलमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर जलेर नष्ट भएको जानकारी दिनुभयो ।

आगलागीबाट घरभित्र रहेको नगद रकम, गैरखाद्य सामग्री, लत्ताकपडा जलेर नष्ट भए पनि क्षतिको पूर्ण विवरण अझै आएको छैन । प्रहरी र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले क्षतिको तथ्याङ्क सङ्कलन गर्ने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।   रासस