१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

एनआरएनहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्छुः नवनिर्वाचित अध्यक्ष शर्मा

एनआरएनहरुलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्छुः नवनिर्वाचित अध्यक्ष शर्मा
अ अ+ अ-

काठमाडौँ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले प्रवासमा रहेका नेपालीलाई संघमा आवद्ध गराउँदै संगठनलाई थप बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले गैरआवासीय नेपाली नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन अब बन्ने सरकारसँग निरन्तर पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले एनआरएनहरुका लागि मुलुकभित्र समेत लगानीको वातावरण निर्माण तथा संरक्षणका लागि समेत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा र समस्या समाधानका लागि कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत सेवा प्रदान गर्ने योजना अघि बढाउने उहाँको भनाइ छ।

उहाँले विदेशमा काम गरिरहेका नेपालीको दक्षताको अभिलेख तयार पारेर उनीहरू स्वदेश फर्किएपछि सम्बन्धित रोजगारी वा उद्यमसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा संघलाई बलियो बनाउँदै प्रवासमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संघमा आवद्ध गर्न म नियमित प्रयत्नरत रहनेछु । गैआवासीय संघको मर्मअनुसार एनआरएनएलाई वंशजको आधारमा नागरिकता, लगानीको वातावरण निर्माण र संरक्षणका लागि अब बन्ने सरकारसँग नियमित पैरवी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । वैदेशिक रोजगारीमा रहेका नागरिकका जिज्ञासा तथा समस्या समाधान गर्न एआईमार्फत काम गरिनेछ । वैदेशिक रोजगारीमा रहेका नागरिकहरुको दक्षताको अभिलेख राखि नेपाल फर्किसकेपछि सम्बन्धीत रोजगारी तथा उद्यमको लागि कार्यक्रम सञ्चालन गर्नेछु । वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा, घरेलु हिंसा न्यूनिकरण गर्न आवश्यक योजनाअनुसार काम गर्नेछौँ ।’

उहाँले वैदेशिक रोजगारीका क्रममा हुने महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणका लागि आवश्यक योजनाअनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल