२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट



अ+ अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट तथा छलफल भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल, नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल तथा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।

भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफू अर्थमन्त्रीका रूपमा कार्यरत रहँदा समष्टिगत आर्थिक स्थायित्व, लगानीका लागि उपयुक्त वातावरण निर्माण, पुँजीबजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउन नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको भन्दै नेपालको बैंक तथा वित्तीय क्षेत्रको सुदृढीकरण, वित्तीय अनुशासन कायम गर्न तथा समग्र आर्थिक प्रणालीलाई व्यवस्थित बनाउन अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशनप्रति आभार व्यक्त गर्नुभएको थियो ।

भेटघाटका क्रममा बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व, लगानी अभिवृद्धि, वित्तीय प्रणालीको पारदर्शिता तथा पुँजीबजारको विकासका विषयमा समेत विचार आदान–प्रदान भएको जनाइएको छ । रासस