२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

नयाँ पर्यटन गन्तव्य अवधारणाका रूपमा ‘स्वर्ण त्रिकोण’

नयाँ पर्यटन गन्तव्य अवधारणाका रूपमा ‘स्वर्ण त्रिकोण’
अ अ+ अ-

गण्डकी, सिद्धार्थनगर I  ‘जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर
                                 त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर
                                  प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कताकता
                                 छल्किन्छ ममता मेरो, भावगङ्गा जतातता’( बमबहादुर जिताली, भक्तराज आचार्य)

 शान्तिका प्रणेता गौतम बुद्ध जन्मभूमि लुम्बिनी यतिखेर विश्वकै अनुपम गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई देशविदेशमा चिनाउनका लागि सरकारबाट विभिन्न प्रयास भइरहेका छन् । लुम्बिनीसहित चितवन र पोखरालाई पर्यटकीय रुपमा जोड्न ‘स्वर्ण त्रिकोण’को अवधारणा अहिले अघि सारिएको छ ।

 प्रकृतिको खानी पोखरा र वन्यजन्तु अवलोकनस्थल चितवन जोडेर पनि सांस्कृतिक पर्यटकीय गन्तव्यका लुम्बिनीलाई पर्यटकीय विकास गर्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । “स्वर्ण त्रिकोणको अवधारणा साकार पार्न बोर्डले लुम्बिनीसहित चितवन र पोखराको प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने छ”, उहाँले भन्नुभयो, “लुम्बिनीको प्रवद्र्धनका लागि आवश्यक सामग्री निर्माणसँगै आवश्यकताअनुसार त्यहाँका पर्यटन व्यवसायीलाई लक्ष्य गरी तालिम दिने योजनामा छौंँ ।” प्रवद्र्धनका लागि लुम्बिनी विकास कोषसँगै स्थानीय सरोकार पक्षको जागरुकता अपरिहार्य भएको उहाँको ठम्याइ छ । 

लुम्बिनी क्षेत्रमा रहेका विभिन्न धरोहरमध्ये मायादेवीको मन्दिर प्रमुख आकर्षण हो । बुद्धको जन्मदृश्यसहितको प्राचीन मायादेवीको मूर्ति यहाँ आउने जोकोहीले निकै चासो र श्रद्धाका साथ हेर्ने गरेका छन् । मन्दिरभित्रका भग्नावशेष इपू पाँचौंँदेखि सातौंँ शताब्दीसम्मको रहेको कोषले जनाएको छ । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहले यहाँको महत्व तथा प्राचीनतालाई पुष्टि गर्ने गरेको लुम्बिनी विकास कोषका कर्मचारी दिलीप राईले बताउनुभयो ।

मन्दिरभित्रको बुद्ध जन्मस्मारक शिला यहाँको अर्को आकर्षण हो जुन एक गहिरो कोठामा छ ।  मायादेवी मन्दिरको सघन उत्खननपछि सन् १९९६ मा नवजात सिद्धार्थले टेकेको ढुङ्गा पत्ता लागेको हो । मन्दिरकै भित्र चौधौँ शताब्दीमा निर्मित मायादेवीको प्रसवास्था मूर्तिले सिद्धार्थको जन्म दृश्यलाई देखाएको छ । मूर्तिमा मायादेवीले सहाराका लागि दाहिने हातले रुखको हाँगो समातेको तथा देब्रेतर्फ उहाँकी बहिनी प्रजापति उभिनुभएको छ । त्यस्तै दुई देवगण भगवान्को स्वागतका लागि तयारी अवस्थामा  देखिन्छन् भने नवजात सिद्धार्थको मूर्ति बीचमा देखिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको इपू २४९ मा मगध सम्राट् अशोकले स्थापना गरेको अशोकस्तम्भ, स्तम्भको दक्षिणमा सिद्धार्थलाई पहिलो स्नान गराइएको सिद्धार्थ पोखरी यहाँका अन्य आकर्षण हुन् ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक सम्पदाका कारण शताब्दीआँैंदेखि नै विभिन्न व्यक्तित्वले तीर्थाटन गर्ने गरेको कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिनुभयो । 

इपू ६२३ मा सिद्धार्थले जन्मनासाथ सात पाइला हिँड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए । यही बुद्धजन्मस्थल अहिले संसारभर नै बौद्धमार्गीको तीर्थस्थल एवम् विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको सूचना अधिकारी बस्नेतले जानकारी गराउनुभयो ।
हरेक वर्ष संसारभरबाट लाखौँ  तीर्थालु, पर्यटक तथा अध्येताले लुम्बिनीको भ्रमण गर्ने गरेका छन् । लुम्बिनीमा आउने पर्यटकलाई लक्ष्य गरी पछिल्ला समयमा कोषले तथ्याङ्क अद्यावधिक गर्न लागेको छ । 

लुम्बिनीसँगै  बुद्धका जीवनमा अत्यन्तै महत्वपूर्ण स्थानका रुपमा ख्याति कमाएका बोधगया, सारनाथ र कुशीनगरलाई बौद्ध धर्माबलम्बीले जीवनमा एक पटक पुग्नै पर्ने गन्तव्यका रुपमा लिने गरेका छन् । सूचना अधिकारी बस्नेतका अनुसार लुम्बिनी र आसपासका क्षेत्र विशेषतः कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बौद्ध परिपथ बनाउने र अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार गर्ने गरी काम अघि बढाइएको छ ।

जापानका प्रा केन्जो टाँंगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजनालाई नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घबाट सन् १९७८ मा पारित गरिएको थियो । गुरुयोजना पारित हुनुअगावै नेपाल सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समिति गठन गरिसकेको थियो । सो समितिले स्थानीयवासीको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारको निर्माण, वृक्षरोपण आदि गरेको थियो । सन् १९८५ पछि कोष सो गुरुयोजनानुरुप संरचना निर्माण गर्न क्रियाशील छ । “गुरुयोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका काम लगभग ८५ प्रतिशत सम्पन्न भइसकेको छ”, सूचना अधिकारी बस्नेतले भन्नुभयो, “बाँकी काम सम्पन्न गर्न सात अर्ब रुपैयाँ लाग्ने सरकारको अनुमान छ ।”

लुम्बिनी परिपथका रुपमा विकास गर्न लागिएको कपिलवस्तुको गुरुयोजना बन्ने क्रममा रहेको र रामग्रामको गुरुयोजना बनी कार्यान्वयन हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । तीन पर्यटकीयस्थल जोड्ने स्वर्ण त्रिकोणको अवधारणाले पर्यटकीय विकास अघि बढ्ने बताउँदै बस्नेतले तीमध्येको लुम्बिनी सांस्कृतिक पर्यटनको हिसाबले आकर्षक गन्तव्यका रुपमा विकास हुने बताउनुभयो ।

लुम्बिनीमा पूर्वाधार विकाससँगै पर्यटकको बसाइ लम्ब्याउने किसिमका कार्यक्रम ल्याउनु जरुरी रहेको लुम्बिनी होटेल सङ्घका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा जोड दिनुहुन्छ ।  लुम्बिनीमा पर्यटक लक्षित ठूलादेखि साना गरी ९१  होटेल छन् ।  उहाँले पर्यटकको बसाइ अवधि भने लम्ब्याउन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो मुलुकबाट आएका धार्मिक पर्यटकको बसाइ अवधि ५६ मिनेट मात्र रहेको अध्ययनले देखाएको छ । “चीन, जापान, म्यान्मा, कम्बोडिया, भियतनाम, श्रीलङ्का, थाइल्यान्ड, दक्षिण कोरियालगायत युरोपका विभिन्न देशबाट आएका धार्मिक पर्यटक भारत हुँदै आउने गरेका छन्” , उहाँले भन्नुभयो, “भारतबाट आएका पर्यटकलाई एक डेढ घण्टा लुम्बिनी घुमाएर पुनः भारत नै फर्काउने गरिएको छ ।” लुम्बिनी भित्रिएका पर्यटकलाई यससँग जोडिएका कपिलवस्तु, रामग्राम आदिबारे प्रचारप्रसार गर्न नसक्नाले पनि पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकिएको जनाउँदै उहाँले यी स्थलको प्रवद्र्धनमा राज्यको चासो पुग्नु जरुरी रहेको बताउनुभयो ।

सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको प्राचीन कपिलवस्तु लुम्बिनीदेखि २८ किलोमिटर पश्चिममा पर्छ । लुम्बिनी आएका पर्यटकलाई एक दिन इपू नवौंँ शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्वार रहेको तिलौराकोट क्षेत्रको अवलोकन गराउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।

रामग्राम लुम्बिनी भित्रिएका पर्यटकलाई अर्को एक दिन घुमाउन सकिने ठाउँ हो । झराही खोलाको किनारामा अवस्थित इँटाद्वारा निर्मित सात मिटर अग्लो रामग्राम स्तूपमा गौतम बुद्धको अस्तु छ ।  स्तूप निर्माता रामग्रामका राजा बुद्धअस्तु पाउने आठौंँ राजा थिए । बौद्धग्रन्थानुसार सम्राट् अशोक अन्यत्र झैंँ उक्त स्तूपबाट पनि अस्तु झिकी चौरासी हजार स्तूप बनाउन चाहन्थे तर त्यसो गर्न दिइएन । 

“लुम्बिनीसँगै कपिलवस्तु र रामग्रामको राम्रो प्रवद्र्धन गर्न सकेमा मात्रै पनि यहाँ पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “बुद्ध जीवनका महत्वपूर्ण पक्ष रहेका यी स्थानको इतिहासबारे हामी भन्न नसक्दा पछि परेका छौंँ ।” शाक्यमुनि बुद्धका जीवनका महत्वपूर्ण पक्ष समेटिएका कुदान, गोटीहवा, सगरहवा, निग्लिहवा, अरौराकोट, सिसहनिया, देवदह आदिको प्रवद्र्धन गर्नु पनि आवश्यक देखिएको छ । स्वर्ण त्रिकोणको अवधारणाका साथ गरिने प्रवद्र्धनले तीनै क्षेत्रलाई फाइदा पुग्ने बताइएको छ । 

लुम्बिनी र आसपासमा धम्म जननी ध्यान केन्द्र, पण्डितरामा ध्यान केन्द्र र लद्घाक ध्यान केन्द्र छन् भने राजकीय थाई विहार, महाबोधि समाज विहार कोलकाता, म्यानमा गोल्डेन स्तूप तथा विहार, अन्तरराष्ट्रिय भिक्षुणी विहार नेपाल,  श्रीलङ्का विहार, द ग्रेट लोटस स्तूप जर्मनी, सिङ्गापुर विहार, लिन्सन विहार फ्रान्स, युनाइटेड टुंग्राम विहार नेपाल, भियतनामी विहार, अस्ट्रियाली विहार, चिनियाँ विहार, कोरियाली विहार, डुबक्युड छोलिङ विहार नेपाल, कर्मा स्याङ्तेन लिङ नेपाल र  विश्व शान्ति स्तूप जापान छन् । लुम्बिनीमा नै लुम्बिनी सङ्ग्रहालय र लुम्बिनी अन्तरराष्ट्रिय अनुसन्धान संस्था पनि छन् । 

प्राकृतिक एवम् जैविक विविधताले पनि सम्पन्न यस क्षेत्रमा विभिन्न प्रकारका फूल, रुख तथा आयुर्वेदिक महत्वका वनस्पति पाइन्छ । चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक यहाँ दुर्लभ प्रजातिको सारसलगायत २५० प्रजातिका चराका साथै दुर्लभ वन्यजन्तु अजिङ्गर, नीलगाई आदि यहाँ पाइन्छ ।

पछिल्लो तथ्याङ्कानुसार सन् २०१७÷०१८ मा लुम्बिनीमा स्वदेशी एवम् विदेशी पर्यटक गरी वार्षिक १९ लाख धार्मिक पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनीमा स्वदेशी एवम् विदेशी पर्यटकको आगमन बढिरहेका अवस्थामा पछिल्ला दुई वर्षयता भने विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले यहाँको पर्यटनमा नराम्रोसँग प्रभाव पारेको यहाँका व्यवसायी बताउँछन् ।

बौद्ध धर्मालम्बी मुलुकबाट धेरै धार्मिक पर्यटक लुम्बिनी आउने गरे पनि उनीहरूको बसाइ अवधि लम्ब्याउन नसक्नु चुनौतीको विषय बनेको छ । सरकारद्वारा निर्माण गर्न लागिएको विशाल सभागृहलगायत संरचनासँगै पछिल्ला समयमा व्यक्तिगत रुपमा पनि पर्यटक लक्षित पूर्वाधार बनाउने क्रम बढिरहेको छ ।

लुम्बिनीमा नै युवा पर्यटन व्यवसायी एवम् लुम्बिनी होटेल सङ्घका महासचिव पुरुषोत्तम अर्यालले बुद्धका जन्मदेखि मृत्युसम्मका विभिन्न पक्षलाई रोबोटका माध्यमबाट देखाउने गरी सञ्चालनमा ल्याउनुभएको बुद्धग्राम एउटा नयाँ पर्यटकीय गतिविधिका रुपमा विकास हुने देखिएको छ । रु पाँच करोडभन्दा बढी लागतमा निर्मित उक्त बगैँचा सञ्चालनमा आए पनि कोरोनाका कारण देशव्यापी गरिएको बन्दाबन्दीले प्रभावित भएको बताउँदै अर्यालले आगामी दिनमा महामारी अन्त्य भई लुम्बिनी आउने पर्यटकका लागि बुद्धग्राम एउटा राम्रै पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस