३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीका १० वटै दुतावासबाट नियमित सेवा प्रवाह जारी, रोकिएको श्रम स्वीकृति खुलाउने विषयमा छलफल शुरु



अ+ अ-

काठमाडौँ। पश्चिम एशियामा सुरक्षा चुनौती थपिएको भएपनि त्यहाँ रहेका नेपालका १० वटै कुटनीतिक नियोग (दुतावास) हरूले आफ्नो नियमित सेवालाई निर्वाध रूपमा सञ्चालन गरिरहेको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासहरू बन्द नभएको र नेपालीहरूले पाउने सेवा सुविधामा कुनै कटौती नभएको स्पष्ट पारेको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार दुतावासहरूले राहदानी (पासपोर्ट) नवीकरणलगायतका सम्पूर्ण कन्सुलर सेवाहरू निरन्तर प्रदान गरिरहेका छन् ।

सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनलाइनबाट दिन सकिने सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगिएको छ । उहाँले केन्द्रबाट पनि दुतावासहरूलाई आवश्यक पर्ने सबै प्रकारका समन्वय र सहयोग भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हाम्रा १० वटा नियोगहरु निर्बाध खुलिरहेको अवस्था छ । उहाँहरुले पासपोर्ट सेवासहित अन्य जति पनि सेवाहरु छन्, त्यो सेवाहरु उहाँले पु¥याइराख्नुभएको छ ।

कतिपय सेवा त अहिले अनलाइन नै गर्न सकिने अवस्था छ, पहिलेदेखि नै अनलाइन नै थियो र कतिपय अवस्था यो अवस्थालाई हेरेर अनलाइनबाट गर्न सकिने कामहरुलाई अनलाइनबाट, फिजिकल्ली नै प्रिजेन्ट हुनुपर्ने कामहरु जस्तो पासपोर्टको इनरोलमेन्टका कुराहरु हुन्छन् त्यसका लागि फिजिकल्ली आउन आउनका लागि टाइम लिएर आउने जुन प्रवन्ध छ, त्यसलाई सुचारु राखिएको अवस्था छ ।

हामीले यहाँ केन्द्रबाट पनि उहाँहरुलाई आवश्यक सहयोगका लागि समन्वय गरी नै राखेका छौँ । जहाँसम्म श्रम स्वीकृतिको विषय छ यहाँलाई जानकारीमै छ, श्रम स्वीकृति अहिले रोकिएको अवस्था छ । नयाँको लागि पनि र आइसक्नु भएको र पुनः त्यो क्षेत्रमा जानेहरुको लागि पनि अहिले बन्द भएको अवस्था छ ।

तर यसलाई के गर्ने भन्ने विषयमा पनि आज छलफल भएको छ र यो छलफलले कुनै टुंगो लाग्छ छिटै भन्नेमा हामी आशावादी हुनसक्छौँ । पासपोर्टको इनरोलमेन्ट (बायोमेट्रिक) जस्ता भौतिक रूपमै उपस्थित हुनुपर्ने कामहरूका लागि अग्रिम समय (टाइम) लिएर आउने प्रवन्ध मिलाइएको छ । यसले गर्दा सेवाग्राहीलाई सुरक्षित र सहज भएको छ, ।’

यसैबीच, सुरक्षा संवेदनशीलतालाई हेरेर सरकारले हाल पश्चिम एशियाका केही देशहरूका लागि स्थगित गरेको श्रम स्वीकृतिको विषयमा पनि पुनर्विचार हुने भएको छ ।

हाल नयाँ जाने श्रमिक र बिदामा आएर पुनः फर्कने (रि–इन्ट्री) दुवैका लागि श्रम स्वीकृति रोकिएको छ । तर यस विषयमा सरोकारवाला निकायहरूसँग गम्भीर छलफल भइरहेको र छिट्टै कुनै सकारात्मक टुंगो लाग्नेमा मन्त्रालय आशावादी रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । —न्युज एजेन्सी नेपाल