१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी छः मुख्यमन्त्री आचार्य

न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी छः मुख्यमन्त्री आचार्य
अ अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले न्याय निरूपण र कानुनी प्रतिरक्षाको काम प्रभावकारी रूपमा गरिरहेको बताउनुभएको छ ।

लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित अन्तक्र्रियामा उहाँले प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहेको मुख्य न्यायाधिवक्ता कार्यालयले न्याय निरूपण तथा प्रदेश सरकारको कानुनी प्रतिरक्षाको कामलाई सुदृढ र प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारलाई विपक्षी बनाएर दर्ता हुने मुद्दाको सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेश सरकारको प्रतिरक्षालाई थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कानुन बनाउँदा र कार्यान्वयन गर्दा आउने समस्याका विषयमा अनुभव आदानप्रदान र प्रतिरक्षाको काम प्रभावकारी बनाउन सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्य न्यायाधिवक्ता यमलाल खनालले प्रदेश सरकारका मन्त्रालय तथा निकायसँग प्रभावकारी समन्वय भएमा मुद्दा प्रतिरक्षा अझ सुदृढ हुने बताउनुभयो । उहाँले मुद्दा प्रतिरक्षाका लागि समन्वय अत्यन्त महत्वपूर्ण रहेकाले यसमा सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुख्य न्यायाधिवक्ता कार्यालय प्रमुख एवं उपन्यायाधिवक्ता ऋषिकेश बस्यालले कार्यालयको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा संवैधानिक तथा कानुनी विषयमा राय सल्लाह दिने, प्रदेश सरकारको हकहितसँग सम्बन्धित मुद्दामा अदालतमा बहस पैरवी गर्ने, लिखित जवाफको गुणस्तर कायम गर्न समन्वय तथा अदालतका फैसला कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारीमा आफूहरू सक्रिय रहेको उल्लेख गर्नुभयो ।
उहाँले कार्यालयले प्रदेशका प्रहरी हिरासत, कारागार तथा बाल सुधार गृहहरूको अनुगमन गर्दै मानव अधिकारको संरक्षणमा पनि ध्यान दिएको बताउनुभयो ।

मुद्दा प्रतिरक्षाको अवस्थाबारे प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म विभिन्न अदालतमा दर्ता भएका मुद्दामध्ये धेरै मुद्दा फर्छ्यौट भइसकेका छन् । चालु आवमा मात्रै १४७ मुद्दामध्ये ५१ मुद्दा फर्छ्यौट भइसकेका छन् भने ९६ मुद्दा प्रक्रियामै छन् । रासस