१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा
अ अ+ अ-

कञ्चनपुर। व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ ।

केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ ।

किसानलाई कूल रु १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।

किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा करिब ३५ भन्दा बढी किसान केरा खेतीमा संलग्न रहेका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टरभन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले बताउनुभयो ।

अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

निवेदनका साथ केराका बिरुवाको सङ्ख्या, केराको जात, किसान समूह वा सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, खेती गर्ने जमिनको क्षेत्रफल खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने सर्त राखिएको छ । एलानी जग्गामा खेती गर्ने भए भोगचलन प्रमाण र भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यस कार्यक्रममार्फत स्थानीयस्तरमा केरा उत्पादन वृद्धि गर्दै किसानको आम्दानी बढाउने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । रासस