१ असार २०८३, सोमबार
,
Latest
खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोपद्वारा मध्यपूर्वमा शान्तिका लागि अपिल



अ+ अ-

भ्याटिकन सिटी। पोप लियो चौधौँले मध्यपूर्वमा शान्तिका लागि आफ्नो अपिललाई आइतबार पुनः दोहोर्याउनुभएको छ।

उहाँले युद्ध अन्त्य गर्न र वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ । भ्याटिकनमा आफ्नो साप्ताहिक एन्जलस प्रार्थनामा पोपले भन्नुभयो, “प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, दुई हप्तादेखि मध्यपूर्वका जनताले युद्धको क्रूर हिंसाको सामना गरेका छन् । हजारौँ निर्दोष मानिस मारिएका छन् र अरु अनगिन्ती मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।”

उहाँले थप्नुभयो, “म युद्धका क्रममा विदालय, अस्पताल र आवासीय क्षेत्रमा भएको आक्रमणमा प्रियजनहरू गुमाएका व्यक्तिहरूलाई समवेदना व्यक्त गर्दछु साथै उनीहरूको सहयोगका लागि निकटमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”

लियोले भन्नुभयो, “लेबनानको अवस्था सबैका लागि विशेष चिन्ताको विषय भएको छ ।”

उहाँले इटालियाली भाषामा गरेको सम्बोधनमा भन्नुभयो, “मध्य पूर्वका इसाइ रसबै महिला र पुरुषहरूको तर्फबाट म यस द्वन्द्वका लागि जिम्मेवार व्यक्तिहरूसँग शान्ति र सद्भावका लागि आह्वान गर्दछु । आक्रमण रोक्नुहोस् ! संवादका मार्गहरू पुनः खुला गर्नुहोस् ।”

उहाँले भन्नुभयो, “हिंसाले कहिल्यै पनि न्याय, स्थिरता र शान्तिको नेतृत्व गर्न सक्दैन । मानिसहरूले यही कठिन तथ्य पर्खिरहेका छन्।”   (रासस/एएफपी)