१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी



अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ ।

सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिनुभयो । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ”, उहाँले भन्नुभयो ।

एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार २८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो ।

यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिनुभयो । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उहाँले बताउनुभयो ।

“मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भन्नुभयो । रासस