२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : आर्सनलद्वारा एभर्टन पराजित, लिग जित्ने सम्भावना बलियो



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा आर्सनलले एभर्टनलाई २—० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको लिग उपाधि जित्ने सम्भावना बढेको छ ।

खासगरी गएराति नै भएको खेलमा आर्सनललाई पछ्याइरहेको म्यान्चेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकिए पछि आर्सनलको सम्भावना बढेको छ ।

पछिल्लो अंक तालिकामा अब आर्सनल र सिटीको अंक दूरी ९ पुगेको छ । यद्यपी म्यान्चेस्टर सिटीले आर्सनलभन्दा एक खेल कम खेलेको छ ।

आर्सनलले ३१ खेलबाट ७० अंक बनाएको छ भने सिटीले ३० खेलबाट ३० खेलबाट ६१ अंक जोडेको छ । अब आर्सनलले लिगमा सात खेल खेल्न बाँकी छ ।

गएरातिको खेलमा आर्सनलमाथि एभर्टनले निकै प्रभावशाली खेल प्रदर्शन गरेको थियो, र एकपछि अर्को सटिक आक्रमण गरेको थियो । तर भाग्यशाली आर्सनलका लागि गोलकिपर र डिफेन्डरले सुन्दर बचाउ गरेका थिए ।

एक समय यो खेल बराबरीमा टुंगिने स्थिति देखिएको थियो । तर दोस्रो हाफको ८९औं मिनेटमा खेलमा नाटकीय मोड आएको थियो । ८९औं मिनेटमा फर्वार्ड भिक्टर ग्योकोरेसले आर्सनलका लागि पहिलो गोल गरे ।

आर्सनलका लागि ९७औं मिनेटमा काउन्टर अट्याकमा म्याक्स डाउम्यानले गोल गरेर टिमको जित सुनिश्चित गरे ।

उता, अर्को खेलमा म्यान्चेस्टर सिटी यस सिजनमा रेलिगेसनको क्षेत्रबाट बाहिर निस्कन संघर्षरत वेस्ट ह्यामसँग स्तब्ध भयो । दुबै टिमबाट १—१ गोल भएको यस खेलमा सिटीले निकै आकर्षक र आक्रामक रणनीति बनाए पनि थप गोल गर्न सकेन ।

यद्यपी पहिलो गोल भने सिटीका लागि ३१औं मिनेटमा बर्नार्डो सिल्भाले अविश्वसनीय तरिकाबाट आकर्षक तरिकाले गरेका थिए । उनले डिबक्सभित्र क्रसपोस्टमा हानेको बल गोलकिपर र डिफेन्डरलाई छक्याएर गोलपोस्टको जाली चुमेको थियो ।

तर सिटीको अग्रता धेरै टिकेन । वेस्टह्यामका लागि कोन्स्टान्टिनोस माभरोपानोसले ३५औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो ।

शनिबार रातिका खेल नतिजा

न्यूक्यासल vs चेल्सी (१—०)
ब्राइटन vs सन्डरल्यान्ड (१—०)
आर्सनल vs एभर्टन (२—०)
म्यान्चेस्टर सिटी vs वेस्ट ह्याम (१—१)
बर्नली vs बर्नमाउथ (०—०)