२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

नाटोले रुसी अल्टिमेटम अस्वीकार गरे सैन्य कारबाही गर्ने पुटिनको धम्की

नाटोले रुसी अल्टिमेटम अस्वीकार गरे सैन्य कारबाही गर्ने पुटिनको धम्की
अ अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटोले पूर्वी युरोपमा सैन्य तैनाथी कटौती गर्न र युक्रेनलाई गठबन्धनमा सदस्यताबाट प्रतिबन्ध लगाउन बाध्यकारी ग्यारेन्टी प्रदान नगरे सैन्य जवाफसहित विभिन्न विकल्पमा विचार गर्न बाध्य हुने बताउनुभएको छ । पुटिनका मागहरू रुसले यस महिनाको सुरुमा नाटोलाई बुझाएको मस्यौदा सन्धिहरूमा समावेश छन्।

रुसी राज्य टिभीमा आइतबार प्रसारित पुटिनको भनाइलाई पोलिटिकोले उल्लेख गरेको छ जसमा पुटिनले पूर्वसोभियतको गणराज्य युक्रेनमा नाटो सामेल भए त्यहाँ मिसाइलहरु तैनाथ हुने सम्भावनाबारे चिन्ता व्यक्त गर्नुभएको छ । “हामीसँग पछि हट्ने ठाउँ छैन”, पुटिनले भन्नुभयो, “उनीहरुले हामीलाई पार गर्न नसक्ने रेखामा धकेलेका छन्, उनीहरुले यसलाई त्यस्तो विन्दुमा पुर्याएका छन् जहाँ हामीले उनीहरुलाई भन्नै पर्छ ‘रोक’ ।” पुटिनले प्रस्ताव गरेको जवाफको वास्तविक प्रकृतिका बारेमा सोध्दा उहाँले भन्नुभयो, “हाम्रा सैन्य विशेषज्ञहरुले मलाई पेश गर्ने प्रस्तावहरुमा निर्भर गर्छ ।”

नाटो पुटिनका सर्तहरुमा सहमत हुने सम्भावना छैन । “नाटोका सदस्य राष्ट्रहरुले को को नाटो सदस्य हो भन्नेबारे निर्णय गर्छन्, रुसले होइन”, ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले पत्रकारहरूलाई भन्नुभयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

युक्रेनी सीमामा एक महिनाको सैन्य अभ्यासपछि १० हजारभन्दा रुसी सेना आफ्नो अखडामा फर्किएको रोयटर्सले जनाएको छ । सेनामा कटौतीका बावजुद रुसले अझै पनि युक्रेनी सीमामा दशौँ हजार सेना तैनाथ गरेको छ । साथै गुप्तचर विश्लेषकहरुले चाँडै आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । 

रुसी सञ्चारमाध्यमले युक्रेनलाई ‘पश्चिमको उपनिवेश’ भनेर बारम्बार उल्लेख गर्ने र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई कुनै प्रमाणबिना लागुऔषधको दुव्र्यसनी भन्दै गाली गर्ने गरेको बिबिसीले जनाएको छ । सन् २०१४ देखि पूर्वी युक्रेनमा युक्रेनको सेना र रुस समर्थित पृथकतावादीहरूबीचको भिडन्तमा १४ हजारभन्दा बढी मानिस मारिएका छन् । एजेन्सी