११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

हेलो सरकारमा उजुरीको बढ्दो चाङ, प्रहरी र स्थानीय तहसम्बन्धी बढी उजुरी

हेलो सरकारमा उजुरीको बढ्दो चाङ,  प्रहरी र स्थानीय तहसम्बन्धी बढी उजुरी
अ अ+ अ-

काठमाडौं । सरकारको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’मा प्रहरी र स्थानीय तहसँग सम्बन्धित गुनासा बढी आउने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको ‘हेलो सरकार’ शाखाका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि सोमबारसम्म १ हजार ४ सय ४२ संख्यामा गुनासा दर्ता भएका छन् । यीमध्ये नेपाल प्रहरी र स्थानीय तहले सम्बोधन गर्नुपर्ने प्रकृतिका उजुरी बढी छन् ।

शाखा प्रमुख उपसचिव शेखर पौडेलका अनुसार घुस लेनदेन, प्रहरीले उजुरी लिन नमानेको, कारबाही नगरेको र प्रहरीका व्यक्तिगत आचरणसम्बन्धी र विभिन्न घटनालगायतका गुनासा आउने गरेका छन् । चालू आर्थिक वर्ष सुरुदेखि सोमबारसम्म प्रहरीसँग सम्बन्धित १ सय ७६ गुनासा दर्ता भएको भएको छ । यो संख्या उजुरी परेका कार्यालयमध्ये सबैभन्दा बढी हो ।
त्यस्तै, उजुरी व्यवस्थापनतर्फ समेत नेपाल प्रहरीको कार्यसम्पादन उत्कृष्ट रहेको ‘हेलो सरकार’को भनाइ छ ।

प्रहरीसँग सम्बन्धित गुनासा ‘प्रहरीको चेन अफ कमान्ड’का कारण प्रधान कार्यालयमा पठाइने र प्रधान कार्यालयमार्फत सम्बन्धित कार्यालयमा गुनासो व्यवस्थापन भएको छ । ‘प्रहरीसँग सम्बन्धित गुनासा छिटोछरितो रूपमा व्यवस्थापन हुने गरेको छ,’ शाखा प्रमुख पौडेलले भने, ‘देशभर ठूलो कार्यक्षेत्रका कारण बढी प्रहरीसँग सम्बन्धित उजुरी परेको छ ।’ यसैगरी, स्थानीय तहसम्बन्धित गुनासासमेत उच्च रहेको छ ।

कर्मचारी अभाव, विकास निर्माणमा अनियमितता र भ्रष्टाचार, जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा र सवारीसाधन मोह, कागजपत्र नबनाइदिएको, सेवा प्रवाहमा सुस्ततालगायतका गुनासा आउने गरेका छन् । स्थानीय तहसँग सम्बन्धित सबैभन्दा बढी गुनासा काठमाडौं महानगरपालिकाको छ । ‘हेलो सरकार’ले बढी उजुरी आउने कार्यालयको दोस्रो नम्बरमा महानगर परेको छ । त्यहा“ सोमबारसम्ममा ८२ उजुरी दर्ता भएका छन् । महानगरसँग सडकको अवस्था, सेवाप्रवाह तथा होडिङ बोर्डलगाायतका विषयमा उजुरी पर्ने गरेका छन् ।

त्यस्तै, उजुरी बढी दर्ता हुने अन्य कार्यालयमा त्रिभुवन विश्वविद्यालय, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलगायत छन् । तर, उजुरी सम्बोधनमा भने सुस्तता देखिएको छ । सोमबारसम्म परेका उजुरीमध्ये ३ सय ७६ गुनासा फर्छ्यौट र १ सय ६४ मात्र गुनासा सम्बोधन भएका छन् । बाँकी सम्बोधन प्रक्रियामा रहेको छ ।

चार हजार कार्यालयमा सञ्जाल: ‘हेलो सरकार’ले देशभरका संघीय, प्रदेश र स्थानीय तह गरी झन्डै ४ हजार कार्यालयमा सञ्जाल विस्तार गरेको छ । प्रदेश कार्यालयमातहत व्यवस्थित भइनसकेकाबाहेक सबै तहका कार्यालयमा सञ्जाल विस्तार भइसकेको हेलो सरकार शाखा प्रमुख पौडेलले बताए । पछिल्लो समय गुनासा व्यवस्थापनका लागि ‘नयाँ पोर्टल’अनुसार सम्बोधनमा समबन्धित कार्यालयलाई नै जिम्मेवार बनाउने गरिएको छ ।

‘हेलो सरकार’ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढी मात्रामा उजुरी आउने गरेको पनि जनाएको छ । पछिल्लो समय गुनासा व्यवस्थापन प्रभावकारी बनाउन ‘नागरिक एप’ र ‘हेलो सरकार’ गुनासो विद्युतीय गुनासो व्यवस्थापन निर्देशिका जारी हुने क्रममा छ । गुनासोका प्रकृति सडक, पुल, कर्मचारी सम्बन्धित, विद्युत्, यातायात व्यवस्था कार्यालय, सामाजिक सञ्जाल दुरुपयोग र पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण कृटपिटलगायतका उजुरी बढी मात्रामा आउने गरेका छन् । राजधानी दैनिकबाट