१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार



अ+ अ-

सियोल। उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२० बजे ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको संयुक्त प्रमुख स्टाफले विज्ञप्तिमार्फत जनाएको छ।

क्षेप्यास्त्रहरू करिब ३५० किलोमिटर दूरीसम्म प्रहार गरिएको बताइएको छ। दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको संयुक्त प्रमुख स्टाफले जनाएको छ।

जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत प्रक्षेपणको पुष्टि गर्दै उक्त ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको जनाएको छ।

दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन–सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने निर्णय गरेको केही समयपछि यो घोषणा आएको बताएका छन्।

वासिङ्टनले दशकौँदेखि उत्तर कोरियाको आणविक कार्यक्रम अन्त्य गर्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो समय प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिँदै आएको छ।

अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ–उनसँग भेटका लागि आफू खुला रहेको बताएका थिए भने उत्तर कोरियाले उक्त टिप्पणीको जवाफ दिएको थिएन।

महिनौँसम्म ती प्रस्तावहरूलाई धेरै हदसम्म बेवास्ता गरेपछि किम जोङ–उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबीच मेलमिलाप हुन सक्ने बताएका छन्।

हाल विश्वको ध्यान मध्यपूर्वको युद्धतर्फ केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गर्दै आएको कोरिया सैनिक मामिला अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–पियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

सन् १९५० मा आफ्नो छिमेकीमाथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको परमाणु–सशस्त्र उत्तर कोरियाले लामो समयदेखि यस्ता अभ्यासलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ।

प्योङयाङले इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणलाई अवैध कार्य भन्दै निन्दा गरेको छ भने यसले अमेरिकाको दुष्ट प्रकृति देखाउने दाबी पनि गरेको छ।(रासस/एएफपी)