१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।