१० मंसिर २०८१, सोमबार
,
Latest
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने



अ+ अ-

राँझा । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन बाँकेमा विशेष कार्यक्रमको तयारी गरिएको छ । नेपालगञ्जमा भव्य विशेष कार्यक्रम आयोजना हुने तथा जमुनाहनाका हुँदै आउने विदेशी पर्यटकलाई भव्य स्वागत गरिने होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए । उनका अनुसार भ्रमण वर्ष शुभारम्भको दिन जमुनाहनाकामा दुई हजार बढी पर्यटक भित्र्याइने र उनीहरुलाई भव्य स्वागत गर्ने योजना बनाइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि बनेको प्रदेशस्तरीय समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले विशेष कार्यक्रमका लागि प्रदेश सरकार र स्थानीय तहको साझेदारी खोजिएको बताए । होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले भने, “पर्यटकले चाहेमा जङ्गल सफारीसमेत गर्ने व्यवस्था मिलाइएको छ । ” प्रदेश नं ५ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना हुनेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । उनले पर्यटकलाई निकुञ्ज अवलोकन गर्न आउन आग्रह गर्दै यहाँको प्राकृतिक मनोरम वातावारणको आनन्द लिन सबैलाई जङ्गल सफारी खुला गरिएको बताए ।

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले ५ नं प्रदेशका सबै जिल्लामा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारीरूपमा अघि बढाइने निर्णय भएको जानकारी दिए । बाँकेका घरवासले पनि भ्रमण वर्ष लक्षित विशेष अभियान शुरु गरेको पर्यटन प्रवद्र्धन प्रदेश समितिका सदस्य कृष्ण चौधरीले बताए ।