१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भाषाका संरक्षणकर्ता प्रजापतिलाई सुदर्शन–कोपिला पुरस्कार



अ+ अ-

मोरङ। नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट आज यहाँ सम्मान गरिएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरले आज यहाँ आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।

सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक  र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशील हुँदै आउनुभएको छ ।

मन्त्री पराजुलीले लाछि प्रजापतिले नेपाल भाषा, संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको यस कार्यको आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परिकारको संरक्षण एवं सम्वर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घर परिवारमा यो भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । अखिल भारत नेवाः सङ्घका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै जन्म दर वृद्धि गर्न आग्रह गर्नुभयो ।

पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिनुभयो ।

पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई/दुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुदर्शनबहादुर श्रेष्ठले विसं २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो । आज अक्षय कोषमा थप रु पाँच लाख प्रदान गर्ने घोषणा गर्नुभयो ।

यसअघि उक्त सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्किमको नेवा गुुठी, पोखरास्थित नेवा खल: कास्कीलाई प्रदान गरिएको थियो । रासस




भर्खरै