१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज झापामा सबैभन्दा बढी वर्षा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार अझै केही दिन बदली कायम रहने जनाइएको छ ।

अहिले पनि तनहुँ मकवानपुर, बारालगायत जिल्लाहरूमा वर्षा भइरहेको छ । गण्डकीभन्दा पश्चिम नेपालमा भने आज वर्षा भएको छैन । आज विभिन्न क्षेत्रमा हुरीबतास र चट्याङसहित असिनापानीसमेत परेको थियो । यसअघि हिजो चितवनमा १२ घण्टामै १२६ मिलीमिटर वर्षा भएको थियो ।

विभागले आज साँझ जारी गरेको बुलेटिनमा हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै भोलि शनिबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । रासस




भर्खरै