१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना



अ+ अ-

ब्रासिलिया। निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहनुभएका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ।

“बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,” सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेख्नुभएको छ।

पूर्व राष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उहाँ बारम्बार स्वास्थ्य समस्याबाट पीडित हुनुभएको थियो ।

ब्राजिलको अर्को राष्ट्रपति चुनाव अक्टोबरमा हुँदैछ र जेलमा रहे पनि बोल्सोनारो देशको राजनीतिक मञ्चमा प्रमुख व्यक्तित्व बन्नुभएको छ।

पूर्व राष्ट्रपति बोल्सोनारोले आफ्ना जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई चुनौती दिन दक्षिणपन्थी उम्मेदवारको रूपमा घोषणा गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी बोल्सोनारोका वकिलहरूले ब्राजिलका लागि अमेरिकी विदेश मन्त्रालयका नयाँ सल्लाहकार ड्यारेन बिटीलाई मार्च १८ मा जेलमा बोल्सोनारोसँग भेट्न अनुमति दिन सर्वोच्च अदालतसँग माग गर्नुभएको थियो ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डि मोराइसले भेटको प्रबन्ध गर्न आदेश गरे पनि ब्राजिल सरकारले भेट नगर्न आग्रह गरेपछि उहाँले बिहीबार आफूले दिएको अनुमति रद्द गर्नुभएको थियो । (रासस/एएफपी)




भर्खरै