२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन ड्युटी सकेर घर फर्किँदै गर्दा भीरबाट लडेर प्रहरीको मृत्यु



अ+ अ-

काठमाडौं । दार्चुलामा निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लड्दा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ।

दार्चुलाको लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामी भीरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टका अनुसार बिहीबार निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा लेकम गाउँपालिका–१ मा भीरबाट लडेर धामी घाइते भएका थिए।

गम्भीर अवस्थाका उनलाई तत्काल धनगढी पठाइए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै