२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

पाँचथर । आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त हुनासाथ खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।