३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँको परम्परागत धनुविद्या टोलीको चीन भ्रमण, कुनमिङमा सांस्कृतिक तथा खेलकुद आदान–प्रदान

काठमाडौँको परम्परागत धनुविद्या टोलीको चीन भ्रमण, कुनमिङमा सांस्कृतिक तथा खेलकुद आदान–प्रदान
अ+ अ-

काठमाडौँ । काठमाडौँ  झेङ्जी परम्परागत धनुविद्या संघको प्रतिनिधिमण्डलले चीनको कुनमिङ शहरको भ्रमण गरी सांस्कृतिक तथा खेलकुद आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम चीनको कुनमिङ हुइशी शिक्षा समूहसँगको सहकार्यमा आयोजना गरिएको हो।

चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा आयोजित कार्यक्रम कुनमिङस्थित हुइशी शिक्षा समूहको लियनहुआछी क्याम्पसमा सुरु भएको थियो। कार्यक्रममा दुवै देशका शिक्षा, संस्कृति र खेलकुद क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।

टोलीमा राजिव महर्जन, राज कुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहनुभएको छ।

कार्यक्रमअन्तर्गत नेपाली टोलीले युनान प्रान्तको अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित ‘बान कपर’ (परम्परागत तामाको कलात्मक काम) का प्रसिद्ध कलाकार ली होङगाङको कार्यशाला अवलोकन गरेको थियो। टोलीले तामाका कलात्मक सामग्री नजिकबाट अवलोकन गर्दै यसको निर्माण प्रक्रिया र ऐतिहासिक परम्पराबारे जानकारी लिएको थियो।

त्यसपछि दुवै पक्षबीच सांस्कृतिक तथा खेलकुद आदान–प्रदानसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। हुइशी शिक्षा समूहका अध्यक्ष झाङ होङवेईले नेपाली टोलीलाई स्वागत गर्दै सन् २०१२ मा नेपाल भ्रमण गरेको अनुभव स्मरण गरे। उनले दक्षिण तथा दक्षिणपूर्व एशियासँग सहकार्य विस्तार गर्ने लक्ष्यसहित शिक्षा, संस्कृति र खेलकुद क्षेत्रमा सहकार्य बढाउने अपेक्षा व्यक्त गरे।

अनुसन्धान संस्थानका अध्यक्ष छेन दानले विद्यालयस्तरमा परम्परागत धनुविद्या प्रशिक्षणको मोडेल र पाठ्यक्रमबारे जानकारी दिँदै दुवै देशबीच अनुभव आदान–प्रदान गर्न सकिने बताए।

कार्यक्रममा  राजिव महर्जनले चिनियाँ पक्षको आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहकार्यलाई नियमित बनाउनुपर्ने धारणा राखे।

यसैगरी कुनमिङ झेङ्जी आर्चरी क्लबका प्रतिनिधि कोंग वेइझोङले परम्परागत धनुविद्या चीन र नेपालका जनताबीचको सांस्कृतिक सम्बन्ध जोड्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले दुवै देशले मिलेर परम्परागत धनुविद्याको विकासका लागि साझा प्रणाली निर्माण गर्न सक्ने उल्लेख गरे।

यो कार्यक्रमले चीन र नेपालबीच जनस्तरमा सांस्कृतिक तथा खेलकुद आदान–प्रदानलाई बलियो बनाएको आयोजकहरूले बताएका छन्। दुवै पक्षले आगामी दिनमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल र चीनबीच परम्परागत धनुविद्यालगायत खेलकुद तथा सांस्कृतिक क्षेत्रमा सहकार्य बढाउने प्रयास विगत केही वर्षदेखि हुँदै आएको छ।