१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या



अ+ अ-

विराटनगर । नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ ।

नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान रोकिएपछि यहाँका उद्योगी र व्यापारी समस्यामा परेका छन् ।

विराटनगर रानी भन्सारदेखि करीब पाँच किमी दक्षिण भारतको विहारमा रहेको सो पुलबाट पूर्व क्षेत्रका उद्योगी र व्यापारीले मालसामान ढुवानी गर्ने गरेका छन् । पुलको बारेमा मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पुलको मर्मतसम्भार नहुञ्जेलसम्म भीमनगरको बाटो प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले लामो समयदेखि यो पुल बन्नुपर्ने हाम्रो समस्याका बारेमा परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पनि जानकारी गराइसकेको बताउनुभयो । यहाँका उद्योग र व्यापार ठप्प हुने अवस्थामा पुगेको छ, यसमा सरकारले छिट्टै पहल गर्नुपर्ने उहाँले आग्रह समेत गर्नुभयो ।

भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट यस क्षेत्रका लागि आउने मालसामान अन्यत्रबाट मगाउँदा महङ्गो हुने र उपभोक्तालाई आर्थिकभार पर्ने भएकाले यसमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे पत्रकार सम्मेलनमा बताउनुभयो । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले मीरगञ्ज पुल यस क्षेत्रको उद्योग र व्यापारीका लागि मात्र नभएर आम नागरिक तथा उपभोक्ताका लागि पनि आवश्यक छ भन्नुभयो ।
उहाँले भारत सरकारले ठुल्ठूला सडक, पुल बनाउन सक्ने र मीरगञ्ज नदीमा पुल बनाउन नसक्ने भने होइन तर यसका लागि भारत सरकारले किन ढिलाइ गरेको हो बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।