१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या

मीरगञ्ज पुलका कारण  उद्योग र व्यापारमा समस्या
अ अ+ अ-

विराटनगर । नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ ।

नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान रोकिएपछि यहाँका उद्योगी र व्यापारी समस्यामा परेका छन् ।

विराटनगर रानी भन्सारदेखि करीब पाँच किमी दक्षिण भारतको विहारमा रहेको सो पुलबाट पूर्व क्षेत्रका उद्योगी र व्यापारीले मालसामान ढुवानी गर्ने गरेका छन् । पुलको बारेमा मोरङ व्यापार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले पुलको मर्मतसम्भार नहुञ्जेलसम्म भीमनगरको बाटो प्रयोग गर्न नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले लामो समयदेखि यो पुल बन्नुपर्ने हाम्रो समस्याका बारेमा परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई पनि जानकारी गराइसकेको बताउनुभयो । यहाँका उद्योग र व्यापार ठप्प हुने अवस्थामा पुगेको छ, यसमा सरकारले छिट्टै पहल गर्नुपर्ने उहाँले आग्रह समेत गर्नुभयो ।

भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट यस क्षेत्रका लागि आउने मालसामान अन्यत्रबाट मगाउँदा महङ्गो हुने र उपभोक्तालाई आर्थिकभार पर्ने भएकाले यसमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे पत्रकार सम्मेलनमा बताउनुभयो । मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजुले मीरगञ्ज पुल यस क्षेत्रको उद्योग र व्यापारीका लागि मात्र नभएर आम नागरिक तथा उपभोक्ताका लागि पनि आवश्यक छ भन्नुभयो ।
उहाँले भारत सरकारले ठुल्ठूला सडक, पुल बनाउन सक्ने र मीरगञ्ज नदीमा पुल बनाउन नसक्ने भने होइन तर यसका लागि भारत सरकारले किन ढिलाइ गरेको हो बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।