काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले समाजिक सञ्जालमार्फत बालेन शाह नेतृत्वको नयाँ सरकारलाई पूर्ण समर्थन दिने सङ्केत गरेका छन्।
थापाका अनुसार रास्वपा र बालेन सरकारलाई संसदमा दुईतिहाइ बहुमत पुग्न हाल दुई सिट कमी छ। तर, यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच सांसदहरूले पूर्ण सहयोग दिने तयारीमा रहेको बताए।
थापाका अनुसार पार्टीको उद्देश्य नेपालको सांस्कृतिक र धार्मिक पहिचानको संरक्षण गर्नु र संविधान संशोधनको प्रक्रियामा सकारात्मक भूमिका खेल्नु हो। यसप्रकारको सहकार्यले नयाँ सरकारलाई महत्वपूर्ण विधेयक पारित गर्न सहज हुने अपेक्षा गरिएको छ।









