• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त



हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताउनुभएको छ ।
इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पुर्याउनुपर्छ भन्नुभयो ।

“महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतापूर्ण देश हो । विविधताबीच एकता नै हाम्रो मूल पहिचान हो । यसै सन्दर्भमा इसाई समुदायले विशेष महत्वका साथ मनाउने क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु ।

देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्व, कला एवं संस्कृतिले विविधताबीच नेपाली समाजलाई बलियो बनाएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार दृढतापूर्वक लागिपरेको छ । हामी सबैको इमान्दार प्रयास, मेहेनत र प्रतिबद्धताबाट नेपाली जनताको युगौँदेखिको समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”