१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भ्रमण वर्ष शुभारम्भ हुने

सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भ्रमण वर्ष शुभारम्भ हुने
अ अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६ गते विशेष कार्यक्रम आयोजना हुँदै छ ।

नेपाल भ्रमण वर्षलाई औपचारिकरूपमा स्वागत गर्न गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय शहर भएकाले पनि भ्रमण वर्षको सन्देशलाई देश–विदेशसम्म पुर्याउन औपचारिक कार्यक्रमलाई भव्य बनाउने तयारी भएको मन्त्री लम्सालले जानकारी दिँदै भन्नुभयो “गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ पनि समाप्त हुँदैछ । हामीले समीक्षा गर्नेछौँ, नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारको विशेष पहल हुनेछ ।”

उहाँले गण्डकीको संस्कृति, प्रकृति र साहसिक खेललाई अन्तरराष्ट्रिय जगत्मा पु¥याउन प्रचार–प्रसार साथै पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएको उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमखु काशीराज भण्डारीले सरकारको योजनालाई सफल बनाउन र गण्डकी प्रदेशको पर्यटनलाई अझै उचाइमा पुर्याउन भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रमले पनि महत्व राख्ने बताउनुभयो । हरेक वर्ष यहाँ आयोजना हुने सडक महोत्सवबाट भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुगेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रबाट काम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले गुणस्तरीय सेवामा जोड दिँदै पर्यटनमैत्री वातावरण सिर्जना गरेर सकारात्मक सन्देश प्रवाहमा जोड दिनेछौँ ।” गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रर्दशन गरिने कार्यक्रमका सहसंयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले जनवरी १ मा सातै प्रदेशमा भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रम गर्दैछ । हामीले पनि यसलाई अझ भव्य र व्यवस्थित बनाउन १५ उपसमिति बनाएर आन्तरिक तयारीलाइ तीव्र पारेका छौँ ।”

औपचारिक कार्यक्रममा ११ जिल्लाको सांस्कृतिक झाँकी, कृषि उपज प्रदर्शनी, हस्तकलालगायतको प्रर्दशनी र विभिन्न सङ्घसंस्था, विद्यार्थी, उद्योगी, व्यापारीसहितको र्याली निकालिने आयोजकले जनाएका छन् । सोही अवसरमा पोखरा फेवा किनारमा रहेको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने प्रयास हुने छ ।