२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली जेनजी सहिद योगेन्द्रको च्याकुटारमा शालिक अनावरण जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइक वा स्कुटर साटेर टाटा टियागो इभी घर लैजान सकिने मौका



अ+ अ-

काठमाडौँ । नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सिप्रदीका लागि नेपालका आधिकारिक वितरक टाटा मोटर्सले नयाँ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

‘स्विच टु टियागो इभी’ नाम दिइएको यस अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो इभी घर लैजान सक्नेछन्।

कम्पनीका अनुसार यो विशेष क्याम्प मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ। जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो पुरानो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधा सहित टियागो इभी खरिद गर्न सक्नेछन्।

यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्। योजना अनुसार पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरी, र एक वर्षको सवारी कर छुट जस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

साथै, ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पाउनेछन्। कम्पनीले यस योजना सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

इच्छुक ग्राहकहरूले देशभरका आधिकारिक टाटा मोटर्स शोरुममा गएर मार्च १३, १४ र १५ मा यस अफरको लाभ लिन सक्नेछन्।