३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रिय औषधि प्रयोगशाला स्तरोन्नति: गुणस्तर परीक्षण र निर्यात प्रवद्र्धनमा केन्द्रित सरकारको योजना

राष्ट्रिय औषधि प्रयोगशाला स्तरोन्नति: गुणस्तर परीक्षण र निर्यात प्रवद्र्धनमा केन्द्रित सरकारको योजना
अ+ अ-

काठमाडौँ ।  अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर सुनिश्चित गर्न र निर्यात प्रवद्र्धन गर्न राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताएकी छन् ।

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोमा मन्त्रीमुख्य रूपमा सम्बोधन गर्दै डा. गौतमले हाल बजारमा उपलब्ध हजारौं प्रकारका औषधिहरूको परीक्षण गर्ने क्षमता राज्यसँग पर्याप्त नभएको स्वीकार गरिन्। उनले भनिन्, “अहिले बजारमा करिब २४ हजार किसिमका औषधिहरू उपलब्ध छन्, तर हाम्रो प्रयोगशालाले वर्षमा मात्र ६४० वटा परीक्षण गर्न सक्छ। उत्पादनकै परीक्षण गर्न नसक्ने अवस्थामा कच्चा पदार्थको परीक्षण कसरी गर्ने?”

डा. गौतमले विश्व स्वास्थ्य संगठनको प्रारम्भिक मूल्याङ्कन अनुसार नेपालको औषधि व्यवस्था विभाग हाल ‘लेभल वान’ मा रहेको र यसलाई कम्तीमा ‘लेभल थ्री’ वा ‘लेभल फोर’ मा पुर्‍याउनु आवश्यक रहेको बताइन् । उनका अनुसार गुणस्तरहीन वा म्याद गुज्रिन लागेको कच्चा पदार्थ प्रवेश नदिन र उत्पादनको सही विश्लेषण गर्न अत्याधुनिक प्रयोगशाला अपरिहार्य छ।

मन्त्री गौतमका अनुसार सरकारले प्रयोगशालाको भौतिक संरचना र जनशक्तिमा सुधार गर्न काम सुरू गरिसकेको छ। आर्थिक मन्त्रालयबाट पहिलो, दोस्रो र तेस्रो वर्षमा चरणबद्ध रूपमा दक्ष जनशक्ति भर्ना गर्ने स्वीकृति प्राप्त भइसकेको छ।

उनले भनिन्, “प्रयोगशालाको सुधारका लागि ‘ओ एण्ड एम’ (संगठन तथा व्यवस्थापन) सर्वेक्षण सम्पन्न गरी नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पाइसक्यौं। नयाँ भवन निर्माणका लागि सिंहदरबारभित्रको पुरानो स्वास्थ्य मन्त्रालयको जग्गा र बाराको पथलैयामा सम्भाव्यता अध्ययन गरिएको थियो, तर हालकै स्थानमै पुरानो भवन भत्काएर नयाँ अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने निष्कर्षमा पुगेका छौं।”

डा. गौतमले भारतको गाजियावादस्थित प्रयोगशालाको अवलोकन अनुभव साझा गर्दै, नेपालमा पनि निजी क्षेत्रले जस्तै उत्कृष्ट राष्ट्रिय प्रयोगशाला निर्माण गर्ने र त्यहाँ पीएचडी गरेका दिग्गज विशेषज्ञहरू राख्ने लक्ष्य रहेको बताइन् ।